रोचक/विविध
तिमीलाई कदापि बिस्रने छैनौं

रुसी कवि आन्द्रेइ भोज्नेसेन्स्कीको जन्म सन् १९३३ को १२ मईका दिन मास्कोमा भएको थियो । सन् १९४७ मा प्रसिद्ध रुसी कवि बोरिस पास्तेरनाकले साहित्य क्षेत्रमा उनको पदार्पणको सन्दर्भमा हर्ष प्रकट गर्दै उनलाई पत्र लेखेका थिए । युवावर्गलाई काव्यप्रति बफादार हुने शिक्षा दिने स्टालिनको समयका मूर्धन्य कवि पास्तेरनाकबाट प्राप्त नैतिक प्रेरणाले भोज्नेसेन्स्की लगायत नयाँ पुस्ताका कविहरुको हौसला बढ्न गएको थियो । सन् १९५८ मा साहित्यिक पत्रपत्रिकामा प्रकाशित उनका कविताहरु व्यापक रुपमा लोकप्रिय भइसकेका थिए । सन् १९६० को दशकमा उनको कवितापाठ सुन्न लालायित मानिसहरुको भीडले रंगशालाहरु भरिन थालिसकेका थिए । त्यसताका उनले एकपल्ट भनेका पनि थिए 'हाम्रों संख्या साने छ । केवल चारजना मात्रु । उनले सन् १९६० को रुसी काव्यजगत्मा हलचल मच्चाउने यी चारजनाको नाम समेत किटेर भनेका थिए' येभ्तुशेन्को रोज्देस्तभेन्स्की आह्मादुलिना र स्वयं भोज्नेसेन्स्की । यी चारै कविहरुको थरनामको पहिलो अक्षरबाट रुसी भाषाको 'भेरा' शब्द बन्न जान्छ जसको अर्थ हुन्छ ुआशाु । वास्तवमा नै यी तीनै जना कविहरु र एकजना कवयित्री तत्कालीन सोभियत रुसको काव्यजगत्का आशा नै थिए । स्टालिनको शासनकालपछि ख्रुश्चेभको हातमा देशको शासनको बागडोर आउँदा देशका वासिन्दाहरुमा नयाँ आशाको जुन किरण फैलिएको थियो त्यसको काव्यिक प्रतिनिधित्व वस्तुतः यिनै चारजना कविहरुले गरेका थिए भन्नु अत्युक्ति हुँदैन । सोभियत जनताले त्यस नयाँ आशाको वातावरणलाई 'न्यानोपनाको युगु रुसी भाषामा अत्तेपेल' भन्ने नाउँ दिएका छन् । स्टालिनको कठोर पाजाबाट यस देशका वासिन्दाहरुले केही राजनैतिक मुक्तिको अनुभव गर्न थालेका थिए र तत्कालीन सहित्यकार तथा कविहरुले पनि केही हदसम्म स्वतन् रुपमा भावाभिव्यक्ति गर्न थालेका थिए । स्टालिनको बन्दीशिविरबाट मुक्त गरिएका अलेक्सान्द्र शोल्झेनि_ित्सनको ुइभान देनिसोभिचको एक दिनु शीर्षकको विख्यात लघुउपन्यास पनि त्यतिखेर देखापरेको उदारतावादको मिर्मिरे उज्यालोको पृष्ठभूमिमा मास्कोको साहित्यिक पत्रिका ुनोभी मीरु नयाँ संसार मा प्रकाशित हुन पुगेको थियो ।
त्यसैताका आन्द्रेइ भोज्नेसेन्स्कीको एउटा कवितासंग्रह 'मोजाइका' रङ्गसंयोजनु शीर्षक लिएर झुल्किएको थियो । त्यो संग्रह झण्डै जफत हुने स्थितिमा पुगेको थियो । तानाशाहले कविताको मर्म बुभुन सक्तैन भन्ने उक्तिलाई चरितार्थ गर्दै तत्कालीन सर्वेसर्वा राजनेता निकिता ख्रुश्चेभले देशका सांस्कृतिक कार्यकर्ताहरुको व्यापक भेलामा प्रमुख अतिथिको रुपमा उपस्थित सोभियत संघका यस संग्रहका रचयितालाई सम्बोधन गर्दै बेसरी झपार्दै भनेका थिए 'श्रीमान् भोज्नेसेन्क्सी निस्केर जा यहाँबाट आफ्ना मालिकहरुकहाँ ! तत्कालै तँलाई राहादानी चमाइदिन म अह्राउनेछु !' सोभियत संघको प्रथम व्यक्तिको मुखबाट यस्तो रोषवमनबाट थर्कमान नहुने कोही थिएन । त्यहाँ उपस्थित सांस्कृतिक कार्यकर्ताहरुमा समेत ताली पिटेर सर्वेसर्वा नेताको समर्थन जनाउनु सिवाय अर्को कुनै उपाय फुर्न सक्तैनथ्यो त्यसताका । तत्कालीन अमेरिकी राष्ट्रपति केन्नेडीको कृपाले उनी अमेरिका यात्रामा निस्किए । यस सन्दर्भमा ख्रुश्चेभले हामीलाई बुझेनन् भन्ने टिप्पणी गर्दै येभ्गेनी येभ्तुशेन्कोले विदेशी कविहरुबाट देशका सर्वोच्च शासकलाई समेत साहित्यको विषयमा वादविवादमा उतार्न सक्षम काव्यकृतिपब रचयिता रसियाली कविहरुको प्रशंसा गरेको तथ्यको सम्झना गर्नेगरेका छन् ।
थाहा भएकै कुरा हो कि अमेरिकाबाट फर्केपछि तत्कालीन सोभियत प्रेसले उनको विरुद्ध विषवमन गर्न थालिहाल्यो । जे भए तापनि व्यापक जनसमूहमाझ उनको कवितापाठ र उनका कविताहरुको प्रकाशन जारी नै रह्यो । उनको लोकप्यिताको सामु सत्ताधारीहरुले समेत घुँडा टेक्न बाध्य हुनुपरेको थियो किनभने संसार निकै हदसम्म बदलिइसकेको थियो । अन्ततोगत्वा तात्कालीन आधिकारिक मापदण्डभन्दा बेग्लै खालको प्रतिष्ठाप्राप्त तागान्का थिएटरु मा भोज्नेसेन्स्कीको काव्यनाटक 'आन्तिमिरु' प्रतिविश्वु सफतलापूर्वक माचन भयो ।
आधुनिक रुसी वाङ्मयको क्षेत्रमा आन्द्रेइ भोज्नेसेन्स्कीको योगदान अभूतपूर्व रहेको छ । यसको उच्च मूल्याङ्कन गर्दै रुसी काव्यको श्रीवृद्धिमा गहकिलो योगदान पुर् याएवापत् आन्द्रेइ भोज्नेसेन्स्कीलाई सन् १९७८ मा देशको अति प्रतिष्ठित राजकीय पुरस्कार प्रदान गरियो । सन् १९७९ देखि उनले साहित्यि वर्षपत्रिका मेत्रोपोलु मा भाग लिन थाले भने आधुनिक शैलीमा रचिएका उनका युनोना एवं आभोस्जे होला' शीर्षकका रक-ओपेरा गीतिनाटक हरु सन् १९८१ मा 'द्रुज्भा नारोदोभु 'जन-मित्रता साहित्यिक पत्रिकामा प्रकाशित हुनुका साथै 'लेनकोमु' तरुण कम्युनिष्टु थिएटरमा माचन गरिएका थिए । दोस्रो रक-ओपेराको एउटा गीतमा यस्ता सुकोमल आरम्भिक पंक्तिहरु छन् :
तिमी मलाई मिमिरैमै ब्युँझाउँछ्यौ
नाङ्गै गोडा बाहिर निस्केर बिदा गछ्र्यौ ।
तिमी मलाई कदापि बिस्रने छैन्यौ
तिमी मलाई कहिल्यै पनि देख्ने छैन्यौ ॥
सर्दी लाग्दा तिमीतर्पु झुकेर
म सोच्छु, हे भगवान् !
म तिमीलाई कदापि बिस्रनै छैन
म तिमीलाई कहिल्यै पनि देख्ने छैन ॥ु
उनका कतिपय कविताहरु त गीतमा पनि ढालिएका छन् र निकै लोकपि्रय रहेका छन् । स्वयं कविता लेखेर गितार बजाउँदै आफ्नै मात्र कविताको गायन गर्ने त्यस युगका प्रसिद्ध कलाकार भ्लादिमिर भिसोत्स्कीले समेत उनका कविताहरु गाएका थिए । उनले शासकवर्गको कुदृष्टिमा परेका भिसोत्स्कीका कविताहरुको प्रकाशनमा समेत आफ्नो प्रतिष्ठाको आधारमा सहयोग गरेका थिए । सन् १९८२ मा लोकपि्रय गायिका आल्ला पुगाच्योभाद्वारा प्रस्तुत उनकै कवितामा आधारित गीत 'लाखौं लाखौं लाखौं लाल गुलाफु बोलको गीत जनमानसमा यतिसम्म भिजिसकेको छ कि अद्यापि उत्तिकै उत्साह र उमङ्गका साथ सामूहिक रुपमा लोकगीतझैं गाइने मात्र नभई सुप्रसिद्ध रुसी गायिकाको' परिचय-पत्रु समेत बन्न पुगेको छ ।
उनले सन् १९८३ मा रचना गरेको 'नियति' शीर्षकको कवितामा संक्षेपमा उनको समय र भावनाको राम्रो अभिव्यक्ति भएको पाइन्छ । त्यतिखेर रुसमा निकै लोकपि्रय हुन पुगेको कोक-न-रोल नृत्यको धूनसंग त्यस कविताको ध्वनि र लयको सामाजस्यता ठडकारै अनुबोध हुन्छ । त्यसमा कविको निजी पीडाको प्रतिध्वनि गुजनुका साथै उनको भविष्यवाणी पनि मुखरित भएको छ भन्नु अतिशयोक्ति नहोला । उक्त कविताका निम्न पंक्तिहरुलाई नै यसको दृष्टान्तको रुपमा प्रस्तुत गर्न सकिन्छ:
कस्को सेवा गरें मैले यहाँ उज्ज्वल वर्षमा
कविताको अतिरिक्त भेटेथें जुन मार्गमा ।
बनेथें जनता निम्ति गोप्य तडित्-निरोधक
मेरुदण्ड छ चर्केको यस्तै नियतिको हक !!
रुसी कविले आपुनो जीवनको उत्तरार्धमा पनि कविताहरुको रचना गरि नै रहेका थिए र यो क्रम अन्तिम समयसम्म पनि जारी नै रहेको थियो । उनका कवितासंग्रहहरु प्रकाहित हुनासाथै हारालुछ भइ हाल्दछन् किताब पसलहरुको दराजमा धूलिधूसर भएर पडिरहेका हुँदैनन् ।
कविको नाम पनि प्रतिकात्मक प्रतीत हुन्छ । कि्रश्चियन धर्मको उत्सव ब्कअभलकष्यल रुसी भाषामा 'भोज्नेसेनिये' को अर्थ हुन्छ उःध्र्वगमन दिवसु । यसलाई 'आरोहण' को अर्थमा पनि लिन सकिन्छ । बीसौं शताब्दीको रुसी काव्यको स्तरलाई उनले उच्च शिखरमा पुर् याएको हुँदा वास्तवमा नै उनको नाम सार्थक भएको छ भन्न सकिन्छ । मास्कोको एक लोकपि्रय समाचारपत्र 'कम्सामोल्स्काया प्राभ्दा' ले उनको देहान्तको सन्दर्भमा प्रकाशित गरेको लेखको शीर्षक पनि 'भोज्नेसेन्स्कीको ऊध्र्वगमन' २ जून २०१० राखेको छ । त्यसको सांकेतिक अर्थ हुन्छ 'भोज्लेसेन्स्कीको स्वर्गारोहण'।
आफ्नो ७७ वर्ष पूरा भएको उपलक्ष्यमा जन्मोत्सव मनाएको १९ दिनपछि नै जून १ तारिख मङ्गलवार का दिन दीर्घरोगबाट ग्रसित नश्वर देहलाई त्यागेर विख्यात रुसी कवि आन्द्रेइ भोज्नेसेन्स्कीले सदासर्वदाका लागि पृथ्वीवासीहरुसंग बिदा लिए । उनको शरीरले रुसका कैयौं पुस्ताका महान लेखक-कवि र विख्यात व्यक्तित्वहरुलाई अन्तिम आश्रय दिने मास्कोको प्रसिद्ध नोभोदेभिची चिहानघारीमा ४ जून शुक्रवार का दिन चिरविश्राम लिनेछ । बीसौ शताब्दीको सन् १९६० को दशकको आशादीपका एक काव्यप्रतीक बन्न पुगेका विश्वप्रसिद्ध रुसी कवि भोज्नेसेन्स्कीको अन्तेष्टिमा रसियाली जनताको तर्पुबाट उनको समाधिमा चढाइने 'लाखौ लाखौं लाखौं लाल गुलाफु मा नेपालीहरुको तर्पुबाट समेत एकजोर थुङ्गा भावपुष्पको श्रद्धाजली अर्पण गर्दै उनैको कविताका पंक्तिहरु पैचो लिएर भन्नुपरिरहेको छ :
'तिमीलाई कदापि बिस्रने छैनौं
अब तिमीलाई कहिल्यै पनि देख्ने छैनौं ॥
३ जून २०१० वृहस्पतिवार
मास्को रुस महासंघ ।
Comments - Post Now
* Comments not approved for this news yet











