विश्लेषण
एनआरएन द कोरियाको नेपाल हाउस अभियान

+ Font Size | - Font Size Bookmark and Share
Solidarity Reporter - 2010-05-24 04:05:09

खेम कार्की, दक्षिण कोरिया


खेम कार्की, दक्षिण कोरिया
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाले कोरिया बसोबास गरिरहेका नेपालीहरुलाई आपत विपतमा सहयोग पुर्याउने उनीहरुलाई परामर्श दिन उद्देश्यले 'नेपाल हाउस' नामको एक बहुउदेश्यीय योजना अघि बढाएको छ ।

नेपाली राजदूतावास कोरिया तथा कोरियाबासी नेपाली समुदाय र संघसंस्थाहरुको सहयोगमा सहकार्य गर्दै कोरियामा नेपाललाई चिनाउने नेपाल र नेपालीको परिचय झल्काउने विविध सांस्कृतिक र ऐतिहासिक विविधतालाई प्रस्ट पार्दै जलस्रोत लगायत अन्य महत्वपूर्ण हिमालय र प्राकृतिक संरचनाहरुको बारेमा जानकारी गराई नेपालको पर्यटन उद्योगलाई समेत टेवा दिने एनआरएनको यो योजनामा प्रष्टयाइएको छ । नेपाल हाउसले कामको क्रममा ईपीएस प्रणालीबाट कोरिया आएका नेपाली तथा यहाँ बसोबास गरिरहेका नेपालीलाई पर्न सक्ने विभिन्न प्रकारका आपत विपतमा परामर्श केन्द्रको साचालन गर्ने भएको छ । यस्तै बेरोजगारी बन्नुपर्दा उनीहरुलाई परदेशमा पर्न सक्ने दुःख र असुविधालाई मध्यनजर गरी अस्थायी बासको समेत व्यवस्था गर्न सकियोस् भन्ने आशय राखेकॊ छ । यसले नेपालको पर्यटन विकासमा टेवा पुर्याउने संग्रहालय पनि राख्ने जनाएको छ ।

प्रारम्भमा केही कोठाहरु भाडामा लिएर कार्य साचालन गरिने र त्यसैबाट आवश्यक परामर्शको थालनी गरिने छ । उपलब्ध केही कोठाहरु आपत बिपतमा परेका नेपालीहरुलाई अस्थायी बासको व्यवस्था गर्ने कार्यलाई एनआरएनए कोरियाले पहिले प्राथमिकतामा राखेको छ । अन्य उपलब्ध कोठाहरुलाई भने नेपालको सांस्कृतिक पर्यटन उद्योग र अन्य विकास बारेमा संग्राहलय प्रदर्शनी कक्ष बनाइने बताइएको छ । संग्राहलयमा बुद्धको जन्मस्थान लुम्बिनी सगरमाथा लगायत प्रसिद्ध हिमाल विभिन्न भेषभुषा नेपाली जटिबुटी भौगोलिक चिनारी आदि राखिने छ
नेपाल हाउसको बारेमा विचार ईपीएस प्रणालीबाट करिब १ वर्ष अघि कोरिया आईपुगेका हाल किम्हे क्षेत्रमा कार्यरत भुवनकुमार बस्नेत यसले आफूहरुलाई दुःखमा साथ दिने आशा राख्दै भन्छन् "ईपिएस प्रणालीद्दारा कोरिया आएका छौं । यहाँ रहँदा आर्थिक मन्दी हुँदा होस् वा नेपालबाट भर्खरै कोरिया आउँदा होस् वा कामको सिलसिलामा विभिन्न प्रकारका समस्याहरु परि रहन्छन यस्तो अवस्थामा एनआरएनए कोरियाको 'नेपाल हाउस' परिकल्पनाले हामी साथीहरुको दुःखमा साथ दिनेछ भन्ने विश्वास लिएका छौं "

कोरियास्थित ख्यङसाङ नाम्दो राज्य परिषद्का सदस्य तथा किम्हे प्रुरिन मिशन चर्चका सिनियर पाश्चर यज्ञराज सुबेदी यो कार्यक्रमलाई सफल बनाउन व्यवस्थित ढंगबाट साचालन गर्नुपर्ने बताउँछन् । नेपालीहरुको लागि अस्थायी बासस्थानको रुपमा साचालन गरिने भएकोले निश्चित समय कर्मचारीको उपलब्धता र बढी समय बस्नुपर्ने अवस्थामा केही निश्चित फि लिएर बस्ने प्रावधान गर्न सकिए यसलाई दीर्घकालीन साचालन गर्न सकिन्छ । नेपाल सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष डेविट राई गैरआवासिय नेपाली संघ कोरियाले आपत विपतमा परेका नेपालीहरुको सहयोगार्थ नेपाल हाउसको परिकल्पना गरेको सुन्दा खुसी लागेको बताउँदै ईपीएस तथा विभिन्न भिसाबाट कोरिया प्रवेश निरन्तर रुपमा बढिरहेको हुँदा भविष्यमा मानवीय संकट पनि उत्तिकै रुपमा बढने तर्फ पनि उनी संकेत गर्दछन् । नेपालीहरुको समस्याहरुको समाधान गर्ने यो पवित्र कार्यमा नेपाल सम्पर्क समितिको सहयोग सधैँ रहने प्रतिबद्धता पनि उनी व्यक्त गर्दछन् ।
गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष विनोद कुँवर नेपाल हाउसको गठनका सन्दर्भमा स्पष्ट पार्दै भन्दछन् "यस कर्मभूमिमा सबैको उदेश्य आर्थिक उन्नति भएतापनि अनगिन्ती पीडाहरु छन् । नयाँ आउने साथीहरुमा शारीरिक अशक्तता बेरोजगारी समस्या बढदो छ । जति हामी नेपालीहरुको आगमन बढछ त्यसरी नै समस्याहरु पनि बढिरहने निश्चित प्रायः छ । त्यसैले दातृ संस्थाहरु तथा दाताहरुबाट सहयोग संकलन गरी हामीले सबै नेपालीहरुको साझा घर 'नेपाल हाउस' बनाउने अठोट गरेका छौं "

नेपाल हाउसको परिकल्पनालाई आफ्नो नेतृत्वको जिम्मेवारीलाई झैँ नजिकबाट नियालिरहेका एनआरएनएका केन्द्रीय अध्यक्ष देवमान हिराचन यसलाई चौथो गैरआवासीय नेपाली विश्व सम्मेलनको घोषणापत्रको नेपाल गृह कार्यक्रमसँग तुलना गर्दै भन्छन् "कोरियाका साथीहरुले गर्नुभएको पहलबाट अरु मुलुकका गैरआवासीय नेपालीहरुलाई समेत यस्तै प्रकारको पहल गर्न हौसला मिल्ने आशा र विश्वास मेरो छ" । सबै नेपालीहरुको साना साना साधन र स्रोतलाई पनि एकत्रित गर्न सकिए यस्त ोच यथार्थमा परिणत हुने र नेपाल एक सबल र समृद्ध राष्ट्र बन्ने कुरामा दुईमत हुन सक्दैन ।

यस पवित्र कार्यले कोरियाबासी नेपालीहरुमा एकता कायम गर्न नेपाल र नेपालीलाई कोरियाली समाजमा परिचित गराउन समेत मद्दत मिल्ने विश्वास उनको छ । एनआरएनए दक्षिण कोरियाले बनाउन लागेको यो नेपाल हाउको सोंच जति प्रशंसायोग्य छ यसको लक्ष्य पुरा गर्न त्यति नै जटिल पनि छ ।

१५ करोड कोरियन वन अनुमानित १ करोड रुपैयाँ को बजेटलाई जुटाएर यति ठूलो योजना व्यवस्थित ढंगबाट पुरा गर्न निकै कसरत गर्नु त पर्छ नै त्यसमाथि पनि यसको दीर्घकालिन साचालनको लागि आवश्यक कोष तथा योजनाको जरुरी आवश्यक देखिन्छ । करोडौं नेपालीको भविष्य बनाउने लक्ष्य लिएको एनआरएनले लाखौं प्रवासीको समस्यालाई पाखा लगाएर अगाडि बढन खोज्यो भने सफल नहुने कुरालाई एनआरएन कोरियाले बुझेको हुनुपर्छ । विदेशमा भोक र रोगसँग लड्दै गरेका नेपालीको घाउमा मलम लगाउन सके मात्र यो प्रवासीको प्यारो संस्था बन्न सक्दछ । यस अघि एनआरएनले प्रमुख रुपमा उठाएको मुद्दा निश्चित वर्गको हितमा मात्र प्रयोग भएको नसुनिएको होइन । यसर्थ सुकिलाहरुको मात्र संस्था भनि गरिएको गुनासो हटाउन व्यवहारमा उतार्नु आवश्यक छ ।

कोरियाकै प्रसङमा एनआरएनले यो बहुउदेश्यीय "नेपाल हाउस" परिकल्पकना पुरा गर्न अब प्रत्येक क्षेत्रका विचार र बहसलाई ध्यानदिँदै ईपीएस लगायत बहुसंख्यक विश्वका मजदुरको समस्या समाधानलाई दीर्घकालीन रुपमा अगाडि बढाउन सक्यो भने एनआरएन एक प्रवासी नेपालीहरुको साझा माच बन्न सक्नेछ र एनआरएन दक्षिण कोरियाको यो अभियानले कोरियामा त सकारात्मक काम गर्नेछ साथमा विश्वभरिकै एनआरएनएका लागि यो उदाहरणीय काम बन्नेछ ।
(लेखक एनआरएन कोरियाका केन्द्रीय सदस्य हुन्)

Comments - Post Now
* Comments not approved for this news yet
सम्बन्धित समाचार
अन्य समाचार

Wednesday, 8th Sep 2010
विदेशमा नेपाली गतिविधि
लरक्कै लर्क्यो रातो सारी भुंइमा, संगीसाथी सबै भैराछ भेला भन्देउ न कुन चांहि राम्री हामी दुइमा । धन कमाउने सपनामा ६ वर्षअघि कुवेत पुगेकी मकवानपुरकी एक महिला कुवेतको अस्पतालमा अचेत अवस्थामा रहेकी छिन् । नेपाली एकता समाज मलेसियाले आफनो ८ बर्षे कार्य अबधि पुरा गरी स्वदेश फर्किनु हुने नेपाली एकता समाजका एक बरिष्ट सदस्य प्रकास राईलाई धुमधामका साथ बिदाई कार्यक्रम सम्पन्न गरेको छ । सल्यान जिल्लावाट रोजगारीमा आई मलेसियाको निलाई क्षेत्रमा कार्यरत सल्यानवासीहरुले जनसम्पर्क समितीको गठन गरेका छन । प्रेम बुढाथोकी नर्वे । नेपाललाई विश्व सामु चिनाउने सपना बोकेर विश्व साईकल यात्रामा निस्केका बिश्व साइकल यात्री धकेंशोर बुढाथोकी नर्बेको ओस्लोमा आइपुग्नु भएको छ । मधु पौडेल,पाकिस्तान । एन एस एफ अर्थात् नेपलिज स्टुडेन्ट फाउन्डेसन ( नेपाली विद्यार्थीहरुको छाता सङ्गठन )पाकिस्तानको हालै बसेको बैठकले आफ्नो संगठनको अध्क्षय पदमा सर्बसम्मतीबाट अब्बास अन्सारीलाई नियुक्त गरेको छ । ५ सेप्टेम्बर । अमेरिकाको नेपाली गाउँ भनेर चिनिने भर्जिनियाको मनासस शहरमा विशाल नेपालीको उपस्थितिमा तिज महोत्सब भब्य रुपमा सम्पन्न भएको छ।
थप समाचारहरु More News
साहित्य
सानुको तीज-सीता बराल -
सानु आज धेरैबेर रोइरहिन । जीवनको लामो भोगाइका उतारचढावहरु पार गर्दै आउदा आज ठूलो चोटको महशुस भयो । कुनै शिकारीको हातबाट बच्न सफल भए जस्तै उनको शरिर लगलग कापीरहेको छ ।
तीजको गीत - भगवती बस्नेत
पुस्तक परिचय
Home | About Us | News | Articles | Interviews | Photo Gallery | Videos | Audio | Literature | Contact
All Rights Reserved © Solidarity Publications Pvt. Ltd.
Powered by: