अमेरिकी उपबिदेशमन्त्री नेपाल भ्रमणका क्रममा काठमाडौ


Solidarity Reporter - 2010-08-17 20:38:51

अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसियाली मामिलाका लागि कार्यकारी उपसहायक मन्त्री अतुल केसप तीन दिने नेपाल भ्रमणका लागि मंगलबार काठमाण्डौ आइपुग्नुभएको छ ।

नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार केसप अमेरिकी विदेश मन्त्रालयस्थित भारत, नेपाल, श्रीलङ्का, बङ्गलादेश, भुटान र माल्दिभ्स्सम्बन्धी मामिलाका साथै परराष्ट्र नीति समन्वयको व्यवस्थापन हेर्ने कार्यालयका निर्देशक हुनुहुन्छ ।

‘परिचयात्मक’ नाम दिइएको सो भ्रमणका क्रममा उहाँले नेपाली सरकारी अधिकारीसँग भेटवार्ता गरी द्विपक्षीय विषयमा छलफल गर्नुका साथै अमेरिकी दूतावासका कर्मचारीसँग भेट्नुहुने राजदूतावासले जनाएको छ ।

राजदूतावासका अनुसार अमेरिकाको प्रमुख चासोको विषय रहेको मानव बेचबिखन विरुद्ध कार्य गर्ने गैरसरकारी संस्था र नेपालमा रहेका भुटानी तथा तिब्बती शरणार्थीको सहयोगका लागि भएका अन्तर्राष्ट्रिय तथा नेपाली प्रयासको बारेमा पनि केसपले बुझ्नुहुनेछ । यो केसपको निर्देशकका रुपमा पहिलो नेपाल भ्रमण हो ।
Comments - Post Now
* Comments not approved for this news yet
सम्बन्धित समाचार
अन्य समाचार
Wednesday, 22nd May 2013
विदेशमा नेपाली गतिविधि
विजय थापा, अमेरिका । (एन डब्लु जी एन )विश्व संजाल नेपाली महिला ,संघको तत्वधानमा यहि अक्टोबर ७ तारिख वाशिंगटन डिसी स्थित अमेरिकन विश्व बिद्यालयमा तेश्रो सम्मेलन भब्यताका साथ सम्पन्न भएको छ । मेलबर्न अस्ट्रेलिया। बिदेशमा रहेर पनि नेपाली भाषा, संस्कृतिलाई जोगाइ राख्ने अभिप्रायले प्रत्येक महिनाको पहिलो आइतबार साहित्यिक कार्यक्रम नियमित रुपमा गर्दै उत्तम अधिकारी। बडा दशै २०६९ को आगमन संगै मानिसहरूको चहल पहलले यतिबेला नेपाली बजार रंगिएको छ र नेपाल् भरी बिभिन्न मनोरन्जनात्मक कार्यक्रमहरू धमाधम आयोजना भई रहेका छन् । शर्मिला उप्रेती, अमेरिका । अमेरिकामा रहेका विशेषतःतराईबासी नेपालीहरुको संस्था एसोसिएसन अफ नेपाली तराईएन ईन अमेरिका (ANTA) ले आफ्नो दोश्रो महाधिबेशन अमेरिकाको राजधानी बासिंङटन डिसीमा सम्पन्न गरेको छ । ५१ औ रास्ट्रको यात्राको क्रममा साइकल सहित सम्पूर्ण सामाग्री चोरी भएर केहि समय यात्रामा बिलम्ब भए पनि सौरब दाहालले जर्मनीको म्युनिख बाट पुनः साइकल यात्रा सुरुवात गर्दै अस्ट्रिया तर्फ लागेका छन् । तेजबहादुर नेपाली । नेपाल पत्रकार महासंघ यूरोप शाखाको आयोजनामा नेकपा-माओवादीका उपाध्यक्ष सि.पि. गजुरेलको उपस्थितिमा “नेपालको राजनैतिक स्थितिमा ने.क.पा-माओवादीको आगामी कार्यदिशा र भूमिका” नामक एक अन्तरक्रिया तथा पत्रकार सम्मेलन आज एन्र्टोवपेन शहरमा सम्पन्न गरेको छ । उमाकान्त पाण्डे गाउले । संयुत्त अरब एमिरेट्स यूएईको दुबइमा सामुहिक दसैं तिहार कार्यक्रम गरिने भएको छ ।
थप समाचारहरु More News
साहित्य
जे मैले देखें - प्रेम प्रसाद गैरे
जे मैले देखें अनुभूत गरें, पस्कँदै छु सचित्र | कोहि हुने खानें , कोहि हुदा खाने संसारै बिचित्र ||
Silence-y - Asmita Tiwari
देशको लागि सोचौँ - माया घले मगर,इजरायल
गजल -बसन्तमोहन अधिकारी, चितवन - बसन्तमोहन अधिकारी, चितवन
पुस्तक परिचय
Home | About Us | News | Articles | Interviews | Photo Gallery | Videos | Audio | Literature | Contact
All Rights Reserved © Solidarity Publications Pvt. Ltd.
Powered by: