अन्य समाचार
पाकिस्तानमा बाढी, १ सय जनाको मृत्यु
साउन १४ । पाकिस्तानमा भारी वर्षा पछि आएको बाढीमा परी कम्तीमा १ सय जनाको मृत्यु भएको छ । उत्तर पश्चिम क्षेत्रमा नदीमा आएको बाढी गाउँमा पसेपछि यो क्षति भएको हो । अधिकांश माटोले बनेका घरहरु नदीले बगाउँदा धेरै मानिसहरु हराइरहेका छन् । त्यस क्षेत्रमा विगत ८० वर्ष यताकै सबैभन्दा ठूलो बाढी आएको मौसम विभागले जनाएको छ ।
वर्षा आज दिनभरि पनि जारी रहने मौसमविद्हरुले अनुमान गरेका छन् । पाकिस्तानी टेलिभिजनहरुले बाढीले घरपालुवा जनावरहरु सवारी साधनहरु र मानिसहरुलाई समेत बगाइरहेको दृश्य प्रसारण गरेका छन् ।
बाढी प्रभावित क्षेत्रमा पाकिस्तानी सेनालाई उद्धारका लागि परिचालन गरिएको छ । यस्तै बाढी प्रभावित गाउँका आसपासका मानिसहरुलाई पनि सुरक्षित स्थानतिर सर्न प्रशासनले अनुरोध गरिरहेको छ ।
Comments - Post Now
* Comments not approved for this news yet











