मुख्य समाचार
चार्ल्स शोभराजको फैसला आज

१४ साउन, काठमाडौं । सिरियल किलर र बिकिनी किलरका रुपमा कुख्यात फ्रान्सेली नागरिक चार्ल्स शोभराज विरुद्ध परेको मुद्धामा आज फैसला हुने भएको छ ।
न्यायधीसद्धय रामकुमार प्रसाद शाह र गौरी ढकालको इजलासमा विचाराधीन शोभराजविरुद्धको कर्तव्य ज्यान मुद्दाको फैसला आजको लागि तोकिएको थियो । अन्य कुनै कारण नभए मुद्दाको अन्तिम फैसला आज हुने सर्वोच्च अदालतले जनाएको छ ।
यसअघि असार ३० गते अन्तिम फैसला हुने भनिएपनि मिसिल प्रमाणको अध्ययन र मुल्यांकन गर्न समय अपुग भएको भन्दै इजलासले आजको लागि मिति सारेको थियो ।
शोभराजमाथी अमेरिकी नागरिक कोन्नीजो ब्रेन्चिज र क्यानडेली नागरिक अरमान्ट लरेन्टको हत्या अभियोग छ । २०३१ सालमा नेपाल आएका बेला यी दुई विदेशी नागरिकको हत्या गरी फरार शोभराज पछिल्लो पटक २०६० सालमा नेपाल आउदाँ पक्राउ परेका थिए ।
Comments - Post Now
* Comments not approved for this news yet











