मुख्य समाचार
किन बढ्दैछ कुटनैतिक सक्रियता ?

+ Font Size | - Font Size Bookmark and Share
Solidarity Reporter - 2010-07-29 09:07:59

पछिल्लो समय अमेरिकी राजदूतले कुटनीतिक सक्रियता निकै बढाएका छन् ।  सरकार बनाउने गृहकार्य भइरहेका बेला अमेरिकी राजदूत स्कट एच डेलिसीले भेटघाट तीब्र पारेका हुन । उनले बिहीबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपप्रधानमन्त्री विजयकुमार गच्छदारसँग छुट्टाछुट्टै भेट गरे ।

पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा माओवादी अध्यक्ष दाहालसँग भएको छलफल सरकार निर्माणमा केन्द्रित रहेको माओवादीले जनाएको छ । भेटमा प्रधानमन्त्री चयनमा दलहरुको मतभेद, माओवादीलाई अमेरिकाले हेर्ने दृष्टिकोणलगायतका बिषयमा छलफल भएको बताइएको छ ।

यसैगरी राजदूत डेलिसीले बिहीबार नै उपप्रधानमन्त्री एवं मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारसँग भेट गरे । भेटमा राजदूत डेलिसीले राजनीतिक गतिरोध अन्त्यका विषयमा जिज्ञासा राखेको उपप्रधानमन्त्रीका प्रेस सल्लाहकार कृष्ण पोखरेलले जानकारी दिए ।

करिब एक घन्टा चलेको सो भेटमा गच्छदारले मुलुकलाई राजनीतिक शून्यताबाट निकास दिन आफ्नो दलसमेत सम्मिलित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रयास जारी राखेको बताएका थिए ।

अमेरिकी राजदूत डेलिसीले मंगलबार एमाले अध्यक्ष झलनाथ खनाल तथा कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलसँग भेट गरेका थिए ।

 त्यस्तै हिजोमात्रै डेलिसिले एमाले अध्यक्ष झलनाथ खनाललाई पनि उनले भेटेका थिए। पछिल्लो समय डेसिसीमात्रै होइन अन्य कुटनीतिज्ञहरुले पनि निकै सक्रियता बढाएका छन् । भारतीय र चिनियाँ राजदूतहरुले बाह्य रुपमा नदेखाएपनि आन्तरिक रुपमा निकै सक्रिय रहेको स्रोतले बताएको छ ।

देशको तरल राजनैतिक परिस्थितिका कारण यस्तो भएको बिश्लेषण कतिपयले गरेका छन् । अझै समस्या समाधान नभएमा अझै बढ्ने अनुमान सहजै लगाउन सकिन्छ ।

 

Comments - Post Now
* Comments not approved for this news yet
सम्बन्धित समाचार
अन्य समाचार

Wednesday, 8th Sep 2010
विदेशमा नेपाली गतिविधि
लरक्कै लर्क्यो रातो सारी भुंइमा, संगीसाथी सबै भैराछ भेला भन्देउ न कुन चांहि राम्री हामी दुइमा । धन कमाउने सपनामा ६ वर्षअघि कुवेत पुगेकी मकवानपुरकी एक महिला कुवेतको अस्पतालमा अचेत अवस्थामा रहेकी छिन् । नेपाली एकता समाज मलेसियाले आफनो ८ बर्षे कार्य अबधि पुरा गरी स्वदेश फर्किनु हुने नेपाली एकता समाजका एक बरिष्ट सदस्य प्रकास राईलाई धुमधामका साथ बिदाई कार्यक्रम सम्पन्न गरेको छ । सल्यान जिल्लावाट रोजगारीमा आई मलेसियाको निलाई क्षेत्रमा कार्यरत सल्यानवासीहरुले जनसम्पर्क समितीको गठन गरेका छन । प्रेम बुढाथोकी नर्वे । नेपाललाई विश्व सामु चिनाउने सपना बोकेर विश्व साईकल यात्रामा निस्केका बिश्व साइकल यात्री धकेंशोर बुढाथोकी नर्बेको ओस्लोमा आइपुग्नु भएको छ । मधु पौडेल,पाकिस्तान । एन एस एफ अर्थात् नेपलिज स्टुडेन्ट फाउन्डेसन ( नेपाली विद्यार्थीहरुको छाता सङ्गठन )पाकिस्तानको हालै बसेको बैठकले आफ्नो संगठनको अध्क्षय पदमा सर्बसम्मतीबाट अब्बास अन्सारीलाई नियुक्त गरेको छ । ५ सेप्टेम्बर । अमेरिकाको नेपाली गाउँ भनेर चिनिने भर्जिनियाको मनासस शहरमा विशाल नेपालीको उपस्थितिमा तिज महोत्सब भब्य रुपमा सम्पन्न भएको छ।
थप समाचारहरु More News
साहित्य
सानुको तीज-सीता बराल -
सानु आज धेरैबेर रोइरहिन । जीवनको लामो भोगाइका उतारचढावहरु पार गर्दै आउदा आज ठूलो चोटको महशुस भयो । कुनै शिकारीको हातबाट बच्न सफल भए जस्तै उनको शरिर लगलग कापीरहेको छ ।
तीजको गीत - भगवती बस्नेत
पुस्तक परिचय
Home | About Us | News | Articles | Interviews | Photo Gallery | Videos | Audio | Literature | Contact
All Rights Reserved © Solidarity Publications Pvt. Ltd.
Powered by: