मुख्य समाचार
माओबादी कार्यकर्ताको हत्या, अनिश्चितकालीन बारा जिल्ला बन्द

+ Font Size | - Font Size Bookmark and Share
Solidarity Reporter - 2010-07-29 00:21:48
साउन १३, बारा  ।  बारा जिल्लामा अर्का एकजना माओबादी कार्यकर्ताको हत्या भएको छ । बाराको परशुरामपुर गाबिस १ जोलगावा टोलका माओबादी स्थानीय नेता केशरीप्रसाद यादवको हत्या भएको हो । घरको छतमा सुतिरहेका बेला राती २ बजे आएका अपरिचीत समूहले ३१ बर्षीय यादवमाथी गोली प्रहार गरेका थिए ।

यादव परशुरामपुर गाविस वाईसीयल ईन्चार्ज तथा एकीकृत माओवादीका जिल्ला सचिवालय सदस्य हुन् । 

छाती र पेटमा गोली लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि कलैया लैजादै गर्दा उनको बाटोमै ज्यान गएको हो ।
शान्तिप्रकृयामा आएसँगै देशैभरी माओबादीका कार्यकर्तामाथी आक्रमण गर्ने घटनामा कमी आएको छैन । यसअघि पुस महिनामा मात्रै बारामा पाँच जना माओबादी कार्यकर्ताको हत्या भएको थियो । 

घटनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

आफनो कार्यकर्ता हत्याको विरोधमा एकीकृत माओवादीले आजबाट अनिश्चितकालीन बारा जिल्ला बन्दको आह्वान गरेको छ । आफ्ना कार्यकर्ता हत्या गर्ने समुहको पहिचान गरि कारबाहि नगरेसम्म जिल्ला बन्द गरिने माओवादीका जिल्ला सहइन्चार्ज देवेन्द्र पराजुलीले जानकारी दिनुभयो । 

यसैबीच हत्याको जिम्मेवारी संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा आजाद समूहका जिल्ला संयोजक विक्रम िसंहले लिएका छन् । 
Comments - Post Now
* Comments not approved for this news yet
सम्बन्धित समाचार
अन्य समाचार

Friday, 10th Sep 2010
विदेशमा नेपाली गतिविधि
बाबुराम भंडारी सिंगापुर । नेपाली नारीहरुको महान पर्व तिजका अबसर पारेर सिंगापुरमा पनि नेपाली महिलाहरुले पहिलोपटक हर्षोल्लासका साथ भाद्र २४ गते तिज मनाएका छन । सगरमाथा आरोहि तेम्बा सेर्पाको "हिमाली हावा" सिडी क्यासेटको विमोचन हालै अमेरिकामा भएको छ । क्यालिफोर्निया । नेपालका ख्यातिप्राप्त कलाकारहरु दिपकराज गिरी, दिपाश्री निरौला, गोपाल अधिकारी अथवा टवाकेन्द्रका साथमा नेपाली आधुनिक गायक याम बराल र गायिका नलिना चित्राकारको भव्य प्रश्तुति रहेको कार्यक्रम सान फ्रान्सिस्को स्थित हिलटन होटलमा यहि सेप्टम्वर ८ मा सम्पन्न भएको छ । ध्रुव थापा । नेपाल विश्व सहयोग संघले अब आफ्नो ध्यान च्यटरहरुलाई ब्यबस्थित गर्ने तथाअमेरिकी राज्यहरुमा सङठन बिस्तार तिर केन्द्रित भएको छ । कृष्णप्रकाश श्रेष्ठमास्को ४ सेप्टेम्बर २०१० शनिवार । रुसको राजधानी मास्कोको स्थापना भएको ८६४ वर्ष पुरा भएको अबसरमा ४ सेप्टेम्बरका दिन युरोपकै सर्वोच्च हिमशिखर पूर्वी चुचुरो ५६२९ मिटर र पश्चिमी चुचुरो ५६४२ मिटर एल्ब्रुस-विजेता समावेसी नेपाली नारी पर्वतारोही टोलीको भव्य स्वागत गरिएको छ लरक्कै लर्क्यो रातो सारी भुंइमा, संगीसाथी सबै भैराछ भेला भन्देउ न कुन चांहि राम्री हामी दुइमा । धन कमाउने सपनामा ६ वर्षअघि कुवेत पुगेकी मकवानपुरकी एक महिला कुवेतको अस्पतालमा अचेत अवस्थामा रहेकी छिन् ।
थप समाचारहरु More News
साहित्य
तीजको गीत-सुशिला कार्की, लण्डन -
आमाको मिठो मनमा गुन्जने माया भित्र छम्म छाम नाच्दै भित्रियाछ तीज नेपाली घर आँगनमा
तीजको गीत - भगवती बस्नेत
पुस्तक परिचय
Home | About Us | News | Articles | Interviews | Photo Gallery | Videos | Audio | Literature | Contact
All Rights Reserved © Solidarity Publications Pvt. Ltd.
Powered by: