मोफसल
मुस्ताङको खोलाले एक जना वगायो
मुस्ताङ, १२ साउन । मुस्ताङको कोबाङ गाविसमा हिजो साँझ खोलाले बगाएर एक युवाको मृत्यु भएको छ । कोवाङ गाविसको मार्चे लेकमा चौरीको आलो रगत पिएर घर फर्कने क्रममा मुस्ताङको कोबाङ गाविस लाजुङका २४ बर्षिय सुमन विकलाई कालिगण्डकी नदीले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
कालिगण्डकी तर्ने क्रममा खोलाले बगाएर हराएका विकलाई स्थानियबासिन्दा र प्रहरीको एक टोलीले ७ किलोमिटर तल बोक्सी खोलाको नजिक फेला पारेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरिक्षक रामकुमार थापाले बताउनुभयो ।
मृतक विकसंगै चौरीको आलो रगत पिउन गएका अन्य भने शकुसल रहेको प्रहरीले जनाएको छ ।
Comments - Post Now
* Comments not approved for this news yet











