अन्य समाचार
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च' विभाजित
काठमाडौं, साउन १२ । संविधानसभामा दुई सभासद् रहेको ‘संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च' विधिवत विभाजित भएको छ। मञ्चको आधिकारिकताको विषयमा कुमार लिङदेन र लक्ष्मण थारू पक्षबीच विवाद भएपछि मञ्च विभाजित भएको हो।
मञ्चको नेतृत्व लिङदेन समूहमा कायम रहेको छ भने थारूले मंगलबार निर्वाचन आयोगमा ‘संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी' दर्ता गरेका छन्। पार्टीले ‘बस' चुनावचिह्न पाएको छ। आयोगका अनुसार आयोगमा दर्ता भएको यो पचहत्तरौँ पार्टी हो।
यसअघि, आयोगको असार १६ को निर्णयले लिङदेन समूहलाई आधिकारिकता प्रदान गरेकाले थारू समूहलाई नयाँ दल दर्ता गर्न दिइएको हो।
पार्टीका सभासद्द्वयमध्ये रुक्मिणी चौधरी लिङदेन समूह र राजकुमार लिम्बू (नल्बो) थारूपट्टि लागेको मञ्चका केन्द्रीय पदाधिकारी सूर्य माखिमले बताएका छन्।
Comments - Post Now
* Comments not approved for this news yet











