
सिंगापुरमा एक मानिसले दुई बर्षसम्म
त्यस्तै पीडा भोगेका छन् । उनी हालै मात्र त्यो पीडाबाट मुक्त भएका छन् । त्यहाँको
अदालतले ती मानिसलाई श्रीमतीबाट अलग्गिन अदालतबाट स्विकृत दिएपछि लामो बोझबाट ठूलो
राहातको सास फेरे । सिंगापुरका ती ३३ वर्षीय ड्राइवर आफ्नो श्रीमतीको बानी देखेर
निकै दुखी
थिए । उनको श्रीमती उनकै अगाडी पर पुरूषहरूसंग सम्बन्ध राख्ने गर्थिन । गत बर्षदेखि
यस्तो कुरा हेर्न परेपछि उनलाई आफ्नो श्रीमतीबाट छुट्टिनु नै उचित लागेपछि उनले घरको शयनकक्षमा
क्यामरा राखेका थिए ।
सधै जस्तो उनको श्रीमतीले पर
पुरूषहरूसंग सम्बन्ध राखे पछि ती सबैकुरा उक्त क्यामेरामा कैद भएको थियो । यस पछि उक्त
ड्राइवरले अदालतमा उक्त प्रमाण सहित छोडपत्रकालागि मुद्दा दायर गरेका थिए । अदालतले
त्यस्तो प्रमाण देखेपछि यसले अश्लिलतालाई पार गरेको निर्णय गरेको थियो । न्यायधीसले
श्रीमतीको यस प्रकारको
क्रियाकलापले श्रीमानलाई मानसिक पीडा दिने गरेकोले तुरून्त छोडपत्रबारे निर्णय गरेको गर्यो ।
न्यायधीस एंजेलिना हिंगले श्रीमान कै
अगाडि पर पुरूषहरूसंग सम्बन्ध राखे भनेको श्रीमान माथि अत्याचार हो, यसले मानसिक शोषन समेत भएको निर्णय गरेका थिए । २००८ मा बिवाह
गरेका यी दम्पतीको बिवाहको केही समयपछि देखि सम्बन्ध बिग्रेको थियो । एक बर्षदेखि श्रीमती को यस्तो
क्रियाकलाप हेरेपछि उक्त ड्राइवरले बिक्षिप्त अवस्थामा पुगेर जागिर समेत
गुमाएका थिए ।
समाचार एजेन्सीहरुका अनुसार ती
ड्राइभरकै अगाडि उनलाई नटेरी नटेरी ती श्रीमतीले परपुरुषसँग सम्बन्ध राख्थिन ।











