चैत ८ देखि २३ सौँ राष्ट्रिय औद्योगिक प्रदर्शनी


Solidarity Reporter - 2012-03-15 23:19:14

३ चैत्र, काठमाडौँ । घरेलु तथा साना उद्योग विकास समितिले २०४२ सालदेखिसञ्चालन गर्दै आएको राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा उत्कृष्ट लघु साना उद्यमी पुरस्कार कार्यक्रम यही चैत ८ देखि १२ गतेसम्म आयोजना गर्ने भएको छ ।

कार्यक्रमको मुख्य उद्देश्य लघु घरेलु तथा साना उद्यमीलाई राष्ट्रियस्तरमा परिचित गराउने,  उद्यमीबाट उत्पादित वस्तुको बजार राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विस्तार तथा प्रवद्र्धन गर्ने तथा नेपाली औद्योगिक उत्पादनबारे आम उपभोक्ताबीच परिचित गराउने रहेको छ ।

तेइसौँ औद्योगिक प्रदर्शनीमा पूर्वेली ढाका, बाँसजन्य उत्पादन, अल्लोजस्ता प्राकृतिक रेशाबाट उत्पादित वस्तु, छाला जुत्ता, हस्तकला, खाद्य वस्तु एवम् अर्गानिक चिया र कफी, हाते कागज तथा ऊनीबाट उत्पादित वस्तुको बाहुल्य रहने समितिले जनाएको छ  । प्रदर्शनीमा लघु, घरेलु तथा साना उद्यमीका लागि प्रयोग भएका र हुने प्रविधि रहनेछन् ।
    
प्रदर्शनीमा सहभागी उद्यमीबाट उत्पादन भएका उत्पादनलाई विभिन्न १३ समूहमा विभाजन गरी प्रत्येक समूहबाट उत्कृष्ट उद्यमी एक–एक, सहभागी महिला उद्यमीमध्येबाट उत्कृष्ट उद्यमी एक र सहभागी लघु उद्यमीमध्येबाट उत्कृष्ट उद्यमी एक गरी १५ जना उत्कृष्ट उद्यमीलाई पुरस्कृत गरी  वैदेशिक अवलोकन भ्रमण पनि गराइने छ । प्रदर्शनी अवधिमा उद्यमीको समस्याबारे उद्यमी र सरोकारवाला निकायबीच अन्तक्र्रिया कार्यक्रमसमेत गरिनेछ । प्रदर्शनी सफल पार्न ११ उपसमिति गठन गरिएको छ ।

Comments - Post Now
* Comments not approved for this news yet
सम्बन्धित समाचार
अन्य समाचार
Saturday, 25th May 2013
विदेशमा नेपाली गतिविधि
विजय थापा, अमेरिका । (एन डब्लु जी एन )विश्व संजाल नेपाली महिला ,संघको तत्वधानमा यहि अक्टोबर ७ तारिख वाशिंगटन डिसी स्थित अमेरिकन विश्व बिद्यालयमा तेश्रो सम्मेलन भब्यताका साथ सम्पन्न भएको छ । मेलबर्न अस्ट्रेलिया। बिदेशमा रहेर पनि नेपाली भाषा, संस्कृतिलाई जोगाइ राख्ने अभिप्रायले प्रत्येक महिनाको पहिलो आइतबार साहित्यिक कार्यक्रम नियमित रुपमा गर्दै उत्तम अधिकारी। बडा दशै २०६९ को आगमन संगै मानिसहरूको चहल पहलले यतिबेला नेपाली बजार रंगिएको छ र नेपाल् भरी बिभिन्न मनोरन्जनात्मक कार्यक्रमहरू धमाधम आयोजना भई रहेका छन् । शर्मिला उप्रेती, अमेरिका । अमेरिकामा रहेका विशेषतःतराईबासी नेपालीहरुको संस्था एसोसिएसन अफ नेपाली तराईएन ईन अमेरिका (ANTA) ले आफ्नो दोश्रो महाधिबेशन अमेरिकाको राजधानी बासिंङटन डिसीमा सम्पन्न गरेको छ । ५१ औ रास्ट्रको यात्राको क्रममा साइकल सहित सम्पूर्ण सामाग्री चोरी भएर केहि समय यात्रामा बिलम्ब भए पनि सौरब दाहालले जर्मनीको म्युनिख बाट पुनः साइकल यात्रा सुरुवात गर्दै अस्ट्रिया तर्फ लागेका छन् । तेजबहादुर नेपाली । नेपाल पत्रकार महासंघ यूरोप शाखाको आयोजनामा नेकपा-माओवादीका उपाध्यक्ष सि.पि. गजुरेलको उपस्थितिमा “नेपालको राजनैतिक स्थितिमा ने.क.पा-माओवादीको आगामी कार्यदिशा र भूमिका” नामक एक अन्तरक्रिया तथा पत्रकार सम्मेलन आज एन्र्टोवपेन शहरमा सम्पन्न गरेको छ । उमाकान्त पाण्डे गाउले । संयुत्त अरब एमिरेट्स यूएईको दुबइमा सामुहिक दसैं तिहार कार्यक्रम गरिने भएको छ ।
थप समाचारहरु More News
साहित्य
जे मैले देखें - प्रेम प्रसाद गैरे
जे मैले देखें अनुभूत गरें, पस्कँदै छु सचित्र | कोहि हुने खानें , कोहि हुदा खाने संसारै बिचित्र ||
Silence-y - Asmita Tiwari
देशको लागि सोचौँ - माया घले मगर,इजरायल
गजल -बसन्तमोहन अधिकारी, चितवन - बसन्तमोहन अधिकारी, चितवन
पुस्तक परिचय
Home | About Us | News | Articles | Interviews | Photo Gallery | Videos | Audio | Literature | Contact
All Rights Reserved © Solidarity Publications Pvt. Ltd.
Powered by: