वन राज्यमन्त्रीका पिए घुस प्रकरण : 'मन्त्रीको निर्देशनमा घुष लिएको प्रमाण हामीसँग छ'


Solidarity Reporter - 2012-03-13 06:43:58

२९ फागुन, काठमाडौं । रारा राष्ट्रिय निकुञ्ज पीडित संघर्ष समितिले वन राज्यमन्त्री लक्ष्मण मेहताको निर्देशनमा उनका स्वकीय सचिव नागेन्द्रप्रसाद यादवले घुस लिएको प्रमाण आपूmहरुसँग भएको दावी गरेको छ ।

आज राजधानीमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले २०६५ सालमै तत्कालीन वन मन्त्री दीपक बोहोराको पालामै १ मिटर बराबरको रु १५ का दरले मुआब्जा उपलब्ध गराउने वा जग्गा सट्टा भर्ना दिन उपयुक्त ठहर गरी पीडित व्यक्तिलाई मुआब्जा उपलब्ध गराउने भनी रु ३२,४९,४७३ दिने निर्णय भई रकम निकासाका लागि अर्थमन्त्रालयमा पठाएको फाईललाई वर्तमान अर्थमन्त्री वर्षमान पुन र अर्थ सचिव कृष्णहरी बास्कोटाको समेत सहमतिको आधारमा वन मन्त्रालयमा पुगेको फाईल वन राज्यमन्त्री लक्ष्मण मेहताले कब्जागरी घुस मागेको दावी गरेको हो ।

समितिले पैसा दिएपछिमात्र फाईल स्वीकृति हुन्छ नत्र पीडितका प्रमाणहरु चित्त नबुझेकोले फाईल अध्ययनका लागि फिर्ता पठाउने भनि तोक लगाईदिन्छु भनी स्वकीय सचिवले बोलेको प्रमाण र निवेदन अख्तियार अनुसन्धान आयोगमा पेश गर्दा पनि वन राज्य मन्त्री लक्ष्मण मेहतालाई अख्यिारले कारवाही अगाडि नबढाएको आरोप लगाउँदै वन राज्यमन्त्रीलाई कारवाही नगरे रारा राष्ट्रिय निकुञ्ज र सम्बन्धित निकाय घेराउ गर्ने चेतावनी दिएको छ ।

वन राज्यमन्त्री लक्ष्मण मेहताको मिलेमतोमा नै स्वकीय सचिव नागेन्द्रप्रसाद यादवले पैसा लिएको यथेष्ट प्रमाण हामीसँग छ, स्वकीय सचिव यादवलाई कारवाही गरेर मात्र हुँदैन, वन राज्यमन्त्री लक्ष्मण मेहता घुस खोरीको नाईके हुन् उनलाई पनि तत्कालै अख्यिारले कारवाही अगाडि बढाउन संघर्ष समितिले माग गरेको छ ।

Comments - Post Now
* Comments not approved for this news yet
सम्बन्धित समाचार
अन्य समाचार
Wednesday, 22nd May 2013
विदेशमा नेपाली गतिविधि
विजय थापा, अमेरिका । (एन डब्लु जी एन )विश्व संजाल नेपाली महिला ,संघको तत्वधानमा यहि अक्टोबर ७ तारिख वाशिंगटन डिसी स्थित अमेरिकन विश्व बिद्यालयमा तेश्रो सम्मेलन भब्यताका साथ सम्पन्न भएको छ । मेलबर्न अस्ट्रेलिया। बिदेशमा रहेर पनि नेपाली भाषा, संस्कृतिलाई जोगाइ राख्ने अभिप्रायले प्रत्येक महिनाको पहिलो आइतबार साहित्यिक कार्यक्रम नियमित रुपमा गर्दै उत्तम अधिकारी। बडा दशै २०६९ को आगमन संगै मानिसहरूको चहल पहलले यतिबेला नेपाली बजार रंगिएको छ र नेपाल् भरी बिभिन्न मनोरन्जनात्मक कार्यक्रमहरू धमाधम आयोजना भई रहेका छन् । शर्मिला उप्रेती, अमेरिका । अमेरिकामा रहेका विशेषतःतराईबासी नेपालीहरुको संस्था एसोसिएसन अफ नेपाली तराईएन ईन अमेरिका (ANTA) ले आफ्नो दोश्रो महाधिबेशन अमेरिकाको राजधानी बासिंङटन डिसीमा सम्पन्न गरेको छ । ५१ औ रास्ट्रको यात्राको क्रममा साइकल सहित सम्पूर्ण सामाग्री चोरी भएर केहि समय यात्रामा बिलम्ब भए पनि सौरब दाहालले जर्मनीको म्युनिख बाट पुनः साइकल यात्रा सुरुवात गर्दै अस्ट्रिया तर्फ लागेका छन् । तेजबहादुर नेपाली । नेपाल पत्रकार महासंघ यूरोप शाखाको आयोजनामा नेकपा-माओवादीका उपाध्यक्ष सि.पि. गजुरेलको उपस्थितिमा “नेपालको राजनैतिक स्थितिमा ने.क.पा-माओवादीको आगामी कार्यदिशा र भूमिका” नामक एक अन्तरक्रिया तथा पत्रकार सम्मेलन आज एन्र्टोवपेन शहरमा सम्पन्न गरेको छ । उमाकान्त पाण्डे गाउले । संयुत्त अरब एमिरेट्स यूएईको दुबइमा सामुहिक दसैं तिहार कार्यक्रम गरिने भएको छ ।
थप समाचारहरु More News
साहित्य
जे मैले देखें - प्रेम प्रसाद गैरे
जे मैले देखें अनुभूत गरें, पस्कँदै छु सचित्र | कोहि हुने खानें , कोहि हुदा खाने संसारै बिचित्र ||
Silence-y - Asmita Tiwari
देशको लागि सोचौँ - माया घले मगर,इजरायल
गजल -बसन्तमोहन अधिकारी, चितवन - बसन्तमोहन अधिकारी, चितवन
पुस्तक परिचय
Home | About Us | News | Articles | Interviews | Photo Gallery | Videos | Audio | Literature | Contact
All Rights Reserved © Solidarity Publications Pvt. Ltd.
Powered by: