साहित्य
चक्रव्यूँह

+ Font Size | - Font Size Bookmark and Share
केदार श्रेष्ठ "गगन" - 2010-05-21 08:20:24

आज महिनाको पहिलो शुक्रवार हो । रातको नौ बज्नै लागेको छ । एउटा लगभग चालिस बर्ष जतिको वूढो आएर हामी लहरै बसेका केटीहरु सबैलाई एकनाशले हेरिहन्छ । एकछिन पछि मलाई भित्र जाने संकेत गर्छ । सायद मलाई मन परायो होला । म खिस्स हाँसेर मुन्टो हल्लाउँछु । ऊ आधा बेहोस छ सोमरसले । ठ्वासठ्वासती गनाइरहेको छ ।


यहाँ आउने प्रायः सवैले पावरूलगाएका हुन्छन् । वूढोले चाहिँ अलि फूल चार्ज गरे जस्तो लाग्छ । तरपनि म वूढोलाई काखी च्यापेर लाग्छु कोठातिर । पहिला त संकोच लाग्थ्यो अब त बानी परिसकेको छु । के गर्नु वाध्यता बिवशता र परिबन्धले यस्तो पेशा अगाल्नु परेको छ । मलाई कताकता हिनताबोध हुन्छ । धिक्कार्छु आफ्नो भाग्यलाई । सराप्छु समय नियतिलाई ।

  म घरको एक्ली छोरी थिएँ । एउटा भाइ थियो । आमावुवा जम्माजम्मी चारजनाको सुखी परिवार  । मैले घरमा काम गर्नु पर्दैन थियो । त्यसैले म घरबाहिर त्यति निस्कन्नथेँ । पढाई पनि राम्रै थियो । सवैसँग सजिलैसँग घुलमिल हुन सक्थेँ । त्यही भएर होला म सवैको प्यारो थिएँ ।  

 समय आफ्नै रफ्तारमा चलिरहेको थियो । म पनि समयको गतिसँगै मस्त जवानी भईसकेको थिएँ । एउटा नवयौवनामा आउने परिवर्तनहरु ममा सम्पर्ण आइसकेको थियो । विपरित लिङ्गीतिर लजालु पाराले आकर्षित हुन थालिसकेको थिएँ ।

  पढाई पनि चलिरहेकै थियो । आइ।एड। दोश्रो वर्षको परीक्षा दिएर कम्प्यूटर कोर्ष गर्दै थिएँ । मेरो सहपाठी मीत्र सजीवले आफूले पढाउने वोर्डिङ्ग स्कुलमा एउटा शिक्षिकाको आवश्यक्ता रहेको बतायो । घरबाट पठाएको पैसाले शहरीया वातावरणमा अलि गाह्रो भइरहेको थियो । त्यसैले यसो खर्च बर्चको लागि सहयोग र आफ्रनो भविष्यको लक्ष्य पनि शिक्षकै हुने भएकोले वोर्डिङ्गमा पढाउने निधो गरेँ मैले ।  

समय बित्दै गयो । एउटै स्कुलमा पढाउने भएकोले प्रायः हामीसँगै नै हुन्थ्यौ । छुट्टीको दिनमा घुम्नको लागि पनि सँगसँगै जान्थ्यौँ । सुखदुःखका कुरा गथ्र्यौ । ऊ परिवार पिडित रहेछ । सायद त्यही भएर होला उसले आफ्रनो नामको नामको पछाडी पिडित फुर्को झुन्ड्याएको थियो । घरको अवस्था दयनीय आमा नभएको सानीआमा दुच्र्छे दाजु सिधा वुवा सानीआमाले बस् भने बस्ने उठ् भने उठ्ने । विचरा सहरा विहिन । उसको ब्यथाले मलाई समेत भाबुक बनाउँथ्यो कहिलेकाहीँ रुवाउँथ्यो पनि ।  

  एकवर्ष स्कुलमा सँगै काम गरियो । यसले हामीलाई अझ आत्मीयता बढायो । पार्टीको काम भनेर ऊ कहिलेकाहीँ स्कुल आउँदैन थियो । ऊ स्कुल नआएको दिन मलाई साह्रै नरमाइलो र लामो लाग्थ्यो । ऊ अर्थात सजीव गरिव भए पनि दिलमा धनी थियो । आफ्रनो लक्ष्यमा पुग्न सधैं दृढ हुन्थ्यो । सधैं सत्यको पक्षमा हुन्थ्यो । साच्चै भन्दा उसको ब्यवहार मलाई अति मन पथ्र्यो ।  

 यसैबीचमा मेरो विहे गरिदिने कुरा घरमा चल्न थाल्यो । धनाढ्य डिग्री गर्दै गरेको बैंकमा जागिरे केटाको कुरा आयो । म सजीवलाई अपनाउन चाहान्थेँ । उसको उद्देश्य पूरा गर्नको लागि सहयोग गर्न चाहान्थेँ । त्यसैले हामी पार्टीमा गोप्यरुपमा मात्र नभएर भूमिगत भएरै सहयोग गर्ने निर्णय गर्दै लाग्यौं दुबैजना जंगलतिर ।

 भूमिगत भएको केहीदिन पश्चात नै पार्टीको सहमतिमा हाम्रो विवाह भयो । दुई-चार महिनासँगै काम गरियो । त्यसपछि ऊ बिभिन्न जिल्ला हेर्नु पर्ने भएकोले अर्कै जिल्ला सरुवा भएर गयो । म भने आफ्नै जिल्लामा बसेँ र पार्टीको काममा सक्रियरुपले भाग लिइरहेँ ।  

 फागुनको दिन थियो । पार्टीको पहाड तराई हुँदै शहर कब्जा गर्ने नीति अनुसार तराईको कुनै चौकी हान्नु  आक्रमण गर्नु  पर्ने भयो । यसै अनुसार चौकी हानियो । सफल पनि भइयो । तर हाम्रो कमान्डर भने त्यही शहिद हुनुभयो । यो हाम्रो सजीव र मेरो  प्रथम युद्ध थियो । नारी मन कस्तो-कस्तो भयो क्षत्विक्षत् लाश र रगतको आहाल देख्दा । चार-पाच वर्ष पार्टीमा भूमिगत भएर हिँडियो । यसबीचमा सोलुको सल्लेरी वखलढुङ्गाको रुम्जाटार भोजपुरको भोजपुरमा आक्रमण गरियो त्यस्तै अरु धेरै सफल एम्वुस आक्रमणहरु ।

यसरी हाम्रो आक्रमण तिब्र रुपमा अगाडी बढिरहेको थियो । यसैक्रममा भदौको दिन भिमान हानेर उत्तरतर्फ लाग्ने पूर्वयोजना अनुरुप रानीचुरी भीमस्थान वेलघारी हुँदै लागेका थियौं आफ्नो मिलन विन्दुतर्फ । त्यतैतिर लाग्ने क्रममा सेनाले हवाई र स्थल आक्रमण गर्दा सजीवले मझुवामा शहादत्त प्राप्त गरेछ । म यो समचार सुनेर भावविह्वल भएँ । रोएँ । कराएँ । मन थाम्न साह्रै गाह्रो भयो मलाई । त्यही पनि के गर्नु युद्धको नियमै रहेछ शोकलाई शक्तिमा बदल्नु पर्ने । दुई दिनपछि गइयो दाहसंस्कार गर्न । वन्दुकको कुन्जाले हानेर उसको मुहार क्षत्विक्षत् चिन्नै नसकिने बनाएको थियो । पार्टीको झण्डा ओढाई दाहसंस्कार गरेर श्राद्धान्जली अर्पण गर्दै लाग्यौं आफ्नो-आफ्नो कार्यक्षत्रतिर । मेरो मुटुको टुक्रालाई त्यही छाडेर । अब मेरो हृदयको सूर्यसँग भेट कहिल्यै हुने छैन ।

 वेदना र चोट लिएर समाज र देशको उत्थान पूर्ण परिवर्तन र मुहार फेर्नको लागि तरपनि लागिपरिरहेँ । धेरै काम गरियो पार्टीभित्र कताकता नातावाद कृपावाद चाकडीवाज र गुटबन्दीको राज रहेको जस्तो लाग्न थाल्यो । म भन्दा जुनिएर र अदुरदर्शी मान्छेको निर्देशनमा काम गर्न साह्रै गाह्रो हुँदोरहेछ । पार्टीका केन्द्रिय नेताहरु राम्रा भए पनि पार्टीको तल्लो तहमा काम गर्ने मान्छेहरुको रबैयाले वितृष्णा जाग्न थाल्यो राजनीतिमा । सबै पार्टीहरु एकै ड्याङका मुलाहरु हुन कि जस्तो लाग्न थाल्यो । त्यसकारण कहिलेकाहीँ घरतिर आउदा फेरि फर्केर जान मन लाग्न छाड्यो पार्टीमा ।  

 यसैक्रममा दशैं मान्न घर जाँदा काकाको छोरी ज्वाईँसँग भेट भयो । दिदीले मलाई पार्टी छाड्नलाई दबाब दिन थालिन् । फकाउदै दिदीले मलाई भनिन् पैसा पछि दिए हुन्छ दुवईको राम्रो कम्पनीमा पठाइदिने मान्छे चिनेका छौ तीन वर्ष उतै बस्नू तीन वर्षपछि त यता पनि साम्य भइसक्छ होला नि । म विदेश र पैसाको बिटोमा अलिकति लोभिएँ । सोच्न थाले आफ्नो भविष्यको पार्टीमा काम गर्ने स्थानीय कमान्डर र नेताहरुको रबयाको । पल्लो घरको काली भरखरै विदेश गएर आएकी उसको चालढालै अर्कै । गहनाले पहैँलै भएकी पस्रभरि पैसा जे जस्तो काम गरेर आएको भए तापनि मोज गरेकी छ । ह्यान्डसम केटाहरु विहेको लागि कुरा गर्न लाइनमा छन् । ईश्र्या जाग्छ मेरो मनमा ।

  दुईचार दिनको सँगै वसाइँमा दिदीले मेरो मन मोडेर छोडिन् । म पनि दिदीभिनाजुसँगै लागेँ काठमाण्डौंतिर । गाडीमा निन्द्रै लागेन । कताकता सम्झन्छु शहीदको रगतलाई प्राण प्यारो सजीवलाई । जसले देशका लागि ज्यान दियो । म उसको बाटो हिड्न सकिन । उसको उद्देश्य पूरा गर्नकै लागि मैले घर छाडेँ त्यो पनि पूरा गर्न सकिन । कायर भएँ । उसको बाटो छाडेर मैले ठूलो भूल गरेँ । के म जस्तै सबैजना पलाएन भए यो महान जनयुद्ध सफल होला  तर छेउबाट सम्झाउँछ मनले मनलाई । सजीव जस्ता धेरै मरे । सडे । खाडल भरिए । तर के पाए  आखिर आफ्नै मान्छेको भीड लाग्ने रहेछ जहाँपनि । यसरी मनमा नानाथरिका कुराहरु खेलिरह्यो ।

 काठमाण्डौंको पाँच छ महिनाको बसाइ पछि घरेलु कामदारको लागि भनेर भिषा आयो । थोरै विष्मात् धेरै खुसी र सुनौलो भविष्यको कल्पना गर्दै लागेँ दुवईतिर । नयाँ ठाउँ नयाँ मान्छे भाषाको समस्या भिन्न धर्म भिन्न रितिरिवाज र सामाजिक परिवेश समायोजन हुनै गाह्रो । अभागी खप्पर जहाँ गयो उही लाग्छ ठक्कर भने झैँ अरबीको घर बिहानदेखि दश बजेसम्म काम गर्नु पर्ने त्यही पनि कहिल्यै खुसी हुँदैन थिए । गाली गर्थे । पिट्थे । रुन्थेँ । आँफै सम्हालिन्थेँ । के गर्नु बस्नै पर्ने बाध्यता थियो । यता आएको ऋणको बोझ घरमा दुबैतिरका मान्छे आएर खोजने निकाल भनेर धम्क्याउने गर्थे बुबाआमालाई । एकवर्ष त्यही घरमा बसेर जसो-तसो ऋण चुक्ता गरेँ । यो एकबर्ष दश वर्ष झैँ लाग्यो मलाई । ती अपराधीहरुले मलाई गर्नु हुने नहुने सबै कुकृत्य गर्थे । दिनभरि कामको चटारो रातभरि ब्वाँसोहरुको लुछाइ मलाई साह्रै गाह्रो हुन्थ्यो घरको मात्र नभएर पाहुनाहरुको समेत तृष्णा मेट्नको लागि ।  

एकवर्ष पछि त्यो घर छाडेर भाँगे र कामना दिदीको सम्पर्कमा पुगेँ । ऊ दलाल रहेछ । केटीहरु झिकाएर बिभिन्न प्रभोलन देखाई वेश्या बनाउनु उसको पेशा रहेछ । मलाई पनि कामना दिदीले फकाउँदै भनिन् मेरैमा बस्नू पैसा पनि कमाई हुन्छ आफूलाई पनि मजा हुन्छ । पैसा भएपछि सबैजना आफ्ना हुन्छन् पहिला मलाई सबजना अवहेलना गर्थे अहिले गाउँघरतिर सबैजनाले मान्छन् दुईटा छोरा काठमाण्डौंको राम्रो वोर्डिङ्गमा बोडस्र गरिदिएको छु चावेल चोकमा चार तले घर छ । म उसको कुराले मख्ख परेँ । भूलेँ ती हुने शारीरिक पीडाहरुलाई । पचाउने निधो गरेँ ती लाजसरम र संकोचहरुलाई ।  

रुका दिनहरुमा छ सात जना थाम्न गाह्रो हुन्थ्यो । तर आजभोलि वानी परेर होला दश बाह्र जना आफैँलाई कम भएजस्तो लाग्छ ।  

खै केले हो मलाई शिक्षिका छापामारदेखि नोकर्नी हुँदै आज यो पूर्ण वेश्या अवस्थामा ल्याईपुर्यायो । पहिले यस्तो काम गर्नु नरकमा जानु जस्तो लाग्थ्यो । यो पेशा अपनाउनु मर्नु सरहजस्तो लाग्थ्यो तर अहिले यसैलाई आफ्नो ब्यापार बनाउनु परेको छ । सायद विदेशिने मोहले गर्दा होला । चाडै धनी हुने महत्वकांक्षाले होला । ग्राहकहरुलाई सन्तुष्टि पार्नलाई अप्राकृतिक आसनहरु गर् पर्दा पीडा र रोषले दिमाग नतात्ने त होइन तर के गर्नु यो पचाउनु हाम्रो बाध्यता नै हो । जहाँ बिभिन्न बनोट वा आकार प्रकारका परपुरुषहरुसँग सहकार्य गर्नु पर्दछ ।

काम प्यारो हुन्छ कहिले पनि माम प्यारो हुन् भन्ने नेपाली उखान झैं कामना दिदी पनि जसले ग्राहकहरुलाई सन्तुष्टि पारेर धेरै ग्राहकहरुलाई शिथिल पानी-पानी बनाउछन् उसैलाई प्यारो मान्ने र राम्रो सेवा गरे आफूले टिप्स पनि पाइने  हुनाले जस्तोसुकै काम गर्न पनि तयार हुन्छन् ।  

 अनुराधा एउटी शिलोनी केटी हो । उसको र मेरो ब्यथा लगभग मिल्दोजुल्दो छ । उसको श्रीमान तमिल लडाकु भएकोले सेनाले घरैबाट थुतेर गोली हानी हत्या गरेपछि उनी एक छोरा र एक छोरी घरमै छाडेर विदेश पलायन भएको रहेछ । विहानको समयमा त्यति ग्राहक नआउने हुनाले सँगै कुराकानी गरेर बस्छौ । आ-आफ्नो दुःख र वेदनाहरु साटासाट गर्छौ । आखिर गृहयुद्ध जहाँको र जसरी भएपनि दुःख र हण्डर गोत्ता खाने महिला वच्चा र वूढावूढी हुँदारहेछन् । पीडा र दर्द एकै किसिमको हुँदारहेछन् ।  

विनु विद्रोहीद्वारा मारिएको एक सेनाको श्रीमती हो । ऊ घरमा बस्न नसक्ने भएपछि यता आएको हो ऊ भन्छे-अलिकति पैसा कमाएर राजधानीतिरै बस्छु । छोराछोरीलाई त्यतै पढाउँछु । आफू सानोतिनो ब्यपार गर्नु पर्ला

यसरी समय मोह र वाध्यताले मलाई यस्तो चक्रब्यूँहमा पारेको छ । जहाँ बसेर म जिउँदो मासुको ब्यपार गरिरहेको छु । अब यहाँबाट कसरी निस्कने हो थाहा छैन । बस् हेलिएको छु साउने भेलमा कसरी पार हुने ठाउँ कहाँ हो पत्तो छैन ।     

 

-केदार श्रेष्ठ "गगन"

भीमस्थान-५सिन्धुल

हाल-यू।ए।ई।

 

Comments - Post Now
* Comments not approved for this content yet
सम्बन्धित
अन्य
Wednesday, 22nd May 2013
विदेशमा नेपाली गतिविधि
विजय थापा, अमेरिका । (एन डब्लु जी एन )विश्व संजाल नेपाली महिला ,संघको तत्वधानमा यहि अक्टोबर ७ तारिख वाशिंगटन डिसी स्थित अमेरिकन विश्व बिद्यालयमा तेश्रो सम्मेलन भब्यताका साथ सम्पन्न भएको छ । मेलबर्न अस्ट्रेलिया। बिदेशमा रहेर पनि नेपाली भाषा, संस्कृतिलाई जोगाइ राख्ने अभिप्रायले प्रत्येक महिनाको पहिलो आइतबार साहित्यिक कार्यक्रम नियमित रुपमा गर्दै उत्तम अधिकारी। बडा दशै २०६९ को आगमन संगै मानिसहरूको चहल पहलले यतिबेला नेपाली बजार रंगिएको छ र नेपाल् भरी बिभिन्न मनोरन्जनात्मक कार्यक्रमहरू धमाधम आयोजना भई रहेका छन् । शर्मिला उप्रेती, अमेरिका । अमेरिकामा रहेका विशेषतःतराईबासी नेपालीहरुको संस्था एसोसिएसन अफ नेपाली तराईएन ईन अमेरिका (ANTA) ले आफ्नो दोश्रो महाधिबेशन अमेरिकाको राजधानी बासिंङटन डिसीमा सम्पन्न गरेको छ । ५१ औ रास्ट्रको यात्राको क्रममा साइकल सहित सम्पूर्ण सामाग्री चोरी भएर केहि समय यात्रामा बिलम्ब भए पनि सौरब दाहालले जर्मनीको म्युनिख बाट पुनः साइकल यात्रा सुरुवात गर्दै अस्ट्रिया तर्फ लागेका छन् । तेजबहादुर नेपाली । नेपाल पत्रकार महासंघ यूरोप शाखाको आयोजनामा नेकपा-माओवादीका उपाध्यक्ष सि.पि. गजुरेलको उपस्थितिमा “नेपालको राजनैतिक स्थितिमा ने.क.पा-माओवादीको आगामी कार्यदिशा र भूमिका” नामक एक अन्तरक्रिया तथा पत्रकार सम्मेलन आज एन्र्टोवपेन शहरमा सम्पन्न गरेको छ । उमाकान्त पाण्डे गाउले । संयुत्त अरब एमिरेट्स यूएईको दुबइमा सामुहिक दसैं तिहार कार्यक्रम गरिने भएको छ ।
थप समाचारहरु More News
साहित्य
जे मैले देखें - प्रेम प्रसाद गैरे
जे मैले देखें अनुभूत गरें, पस्कँदै छु सचित्र | कोहि हुने खानें , कोहि हुदा खाने संसारै बिचित्र ||
Silence-y - Asmita Tiwari
देशको लागि सोचौँ - माया घले मगर,इजरायल
गजल -बसन्तमोहन अधिकारी, चितवन - बसन्तमोहन अधिकारी, चितवन
पुस्तक परिचय
Home | About Us | News | Articles | Interviews | Photo Gallery | Videos | Audio | Literature | Contact
All Rights Reserved © Solidarity Publications Pvt. Ltd.
Powered by: