
आज महिनाको पहिलो शुक्रवार हो । रातको
नौ बज्नै लागेको छ । एउटा लगभग चालिस बर्ष जतिको वूढो आएर हामी लहरै बसेका केटीहरु
सबैलाई एकनाशले हेरिहन्छ । एकछिन पछि मलाई भित्र जाने संकेत गर्छ । सायद मलाई मन परायो
होला । म खिस्स हाँसेर मुन्टो हल्लाउँछु । ऊ आधा बेहोस छ सोमरसले । ठ्वासठ्वासती गनाइरहेको
छ ।
यहाँ आउने प्रायः सवैले पावरूलगाएका
हुन्छन् । वूढोले चाहिँ अलि फूल चार्ज गरे जस्तो लाग्छ । तरपनि म वूढोलाई काखी च्यापेर
लाग्छु कोठातिर । पहिला त संकोच लाग्थ्यो अब त बानी परिसकेको छु । के गर्नु वाध्यता
बिवशता र परिबन्धले यस्तो पेशा अगाल्नु परेको छ । मलाई कताकता हिनताबोध हुन्छ । धिक्कार्छु
आफ्नो भाग्यलाई । सराप्छु समय नियतिलाई ।
म घरको एक्ली छोरी थिएँ । एउटा भाइ थियो
। आमावुवा जम्माजम्मी चारजनाको सुखी परिवार
। मैले घरमा काम गर्नु पर्दैन थियो । त्यसैले म घरबाहिर त्यति निस्कन्नथेँ । पढाई
पनि राम्रै थियो । सवैसँग सजिलैसँग घुलमिल हुन सक्थेँ । त्यही भएर होला म सवैको प्यारो
थिएँ ।
समय आफ्नै रफ्तारमा चलिरहेको थियो । म पनि
समयको गतिसँगै मस्त जवानी भईसकेको थिएँ । एउटा नवयौवनामा आउने परिवर्तनहरु ममा सम्पर्ण
आइसकेको थियो । विपरित लिङ्गीतिर लजालु पाराले आकर्षित हुन थालिसकेको थिएँ ।
पढाई पनि चलिरहेकै थियो । आइ।एड। दोश्रो
वर्षको परीक्षा दिएर कम्प्यूटर कोर्ष गर्दै थिएँ । मेरो सहपाठी मीत्र सजीवले आफूले
पढाउने वोर्डिङ्ग स्कुलमा एउटा शिक्षिकाको आवश्यक्ता रहेको बतायो । घरबाट पठाएको पैसाले
शहरीया वातावरणमा अलि गाह्रो भइरहेको थियो । त्यसैले यसो खर्च बर्चको
लागि सहयोग र आफ्रनो भविष्यको लक्ष्य पनि शिक्षकै हुने भएकोले वोर्डिङ्गमा पढाउने निधो
गरेँ मैले ।
समय बित्दै गयो । एउटै स्कुलमा पढाउने
भएकोले प्रायः हामीसँगै नै हुन्थ्यौ । छुट्टीको दिनमा घुम्नको लागि पनि सँगसँगै जान्थ्यौँ
। सुखदुःखका कुरा गथ्र्यौ । ऊ परिवार पिडित रहेछ । सायद त्यही भएर होला उसले आफ्रनो
नामको नामको पछाडी पिडित फुर्को झुन्ड्याएको थियो । घरको अवस्था दयनीय आमा नभएको सानीआमा
दुच्र्छे दाजु सिधा वुवा सानीआमाले बस् भने बस्ने उठ् भने उठ्ने । विचरा सहरा विहिन
। उसको ब्यथाले मलाई समेत भाबुक बनाउँथ्यो कहिलेकाहीँ रुवाउँथ्यो पनि ।
एकवर्ष स्कुलमा सँगै काम गरियो । यसले हामीलाई
अझ आत्मीयता बढायो । पार्टीको काम भनेर ऊ कहिलेकाहीँ स्कुल आउँदैन थियो । ऊ स्कुल नआएको
दिन मलाई साह्रै नरमाइलो र लामो लाग्थ्यो । ऊ अर्थात सजीव गरिव भए पनि दिलमा धनी थियो
। आफ्रनो लक्ष्यमा पुग्न सधैं दृढ हुन्थ्यो । सधैं सत्यको पक्षमा हुन्थ्यो । साच्चै
भन्दा उसको ब्यवहार मलाई अति मन पथ्र्यो ।
यसैबीचमा मेरो विहे गरिदिने कुरा घरमा चल्न
थाल्यो । धनाढ्य डिग्री गर्दै गरेको बैंकमा जागिरे केटाको कुरा आयो । म सजीवलाई अपनाउन
चाहान्थेँ । उसको उद्देश्य
पूरा गर्नको लागि सहयोग गर्न चाहान्थेँ । त्यसैले हामी पार्टीमा गोप्यरुपमा मात्र नभएर
भूमिगत भएरै सहयोग गर्ने निर्णय गर्दै लाग्यौं दुबैजना जंगलतिर ।
भूमिगत भएको केहीदिन पश्चात नै पार्टीको
सहमतिमा हाम्रो विवाह भयो । दुई-चार महिनासँगै काम गरियो । त्यसपछि ऊ बिभिन्न जिल्ला
हेर्नु पर्ने भएकोले अर्कै जिल्ला सरुवा भएर गयो । म भने आफ्नै जिल्लामा बसेँ र पार्टीको
काममा सक्रियरुपले भाग लिइरहेँ ।
फागुनको दिन थियो । पार्टीको पहाड तराई हुँदै
शहर कब्जा गर्ने नीति अनुसार तराईको कुनै चौकी हान्नु आक्रमण गर्नु
पर्ने भयो । यसै अनुसार चौकी हानियो । सफल पनि भइयो । तर हाम्रो कमान्डर भने
त्यही शहिद हुनुभयो । यो हाम्रो सजीव र मेरो
प्रथम युद्ध थियो । नारी मन कस्तो-कस्तो भयो क्षत्विक्षत् लाश र रगतको आहाल
देख्दा । चार-पाच वर्ष पार्टीमा भूमिगत भएर हिँडियो । यसबीचमा सोलुको सल्लेरी वखलढुङ्गाको
रुम्जाटार भोजपुरको भोजपुरमा आक्रमण गरियो त्यस्तै अरु धेरै सफल एम्वुस आक्रमणहरु ।
यसरी हाम्रो आक्रमण तिब्र रुपमा अगाडी
बढिरहेको थियो । यसैक्रममा भदौको दिन भिमान हानेर उत्तरतर्फ लाग्ने पूर्वयोजना अनुरुप
रानीचुरी भीमस्थान वेलघारी हुँदै लागेका थियौं आफ्नो मिलन विन्दुतर्फ । त्यतैतिर लाग्ने
क्रममा सेनाले हवाई र स्थल आक्रमण गर्दा सजीवले मझुवामा शहादत्त प्राप्त गरेछ । म यो
समचार सुनेर भावविह्वल भएँ । रोएँ । कराएँ । मन थाम्न साह्रै गाह्रो भयो मलाई । त्यही
पनि के गर्नु युद्धको नियमै रहेछ शोकलाई शक्तिमा बदल्नु पर्ने । दुई दिनपछि गइयो दाहसंस्कार
गर्न । वन्दुकको कुन्जाले हानेर उसको मुहार क्षत्विक्षत् चिन्नै नसकिने बनाएको थियो
। पार्टीको झण्डा ओढाई दाहसंस्कार गरेर श्राद्धान्जली अर्पण गर्दै लाग्यौं आफ्नो-आफ्नो
कार्यक्षत्रतिर । मेरो मुटुको टुक्रालाई त्यही छाडेर । अब मेरो हृदयको सूर्यसँग भेट
कहिल्यै हुने छैन ।
वेदना र चोट लिएर समाज र देशको उत्थान पूर्ण परिवर्तन
र मुहार फेर्नको लागि तरपनि लागिपरिरहेँ । धेरै काम गरियो पार्टीभित्र कताकता नातावाद
कृपावाद चाकडीवाज र गुटबन्दीको राज रहेको जस्तो लाग्न थाल्यो । म भन्दा जुनिएर र अदुरदर्शी
मान्छेको निर्देशनमा काम गर्न साह्रै गाह्रो हुँदोरहेछ । पार्टीका केन्द्रिय नेताहरु
राम्रा भए पनि पार्टीको तल्लो तहमा काम गर्ने मान्छेहरुको रबैयाले वितृष्णा जाग्न थाल्यो
राजनीतिमा । सबै पार्टीहरु एकै ड्याङका मुलाहरु हुन कि जस्तो लाग्न थाल्यो । त्यसकारण
कहिलेकाहीँ घरतिर आउदा फेरि फर्केर जान मन लाग्न छाड्यो पार्टीमा ।
यसैक्रममा दशैं मान्न घर जाँदा काकाको छोरी
ज्वाईँसँग भेट भयो । दिदीले मलाई पार्टी छाड्नलाई दबाब दिन थालिन् । फकाउदै दिदीले
मलाई भनिन् पैसा पछि दिए हुन्छ दुवईको राम्रो कम्पनीमा पठाइदिने मान्छे चिनेका छौ तीन
वर्ष उतै बस्नू तीन वर्षपछि त यता पनि साम्य भइसक्छ होला नि । म विदेश र पैसाको बिटोमा
अलिकति लोभिएँ । सोच्न थाले आफ्नो भविष्यको पार्टीमा काम गर्ने स्थानीय कमान्डर र नेताहरुको
रबैयाको । पल्लो घरको काली भरखरै विदेश गएर आएकी उसको चालढालै अर्कै
। गहनाले पहैँलै भएकी पस्रभरि पैसा जे जस्तो काम गरेर आएको भए तापनि मोज गरेकी छ ।
ह्यान्डसम केटाहरु विहेको लागि कुरा गर्न लाइनमा छन् । ईश्र्या जाग्छ मेरो मनमा ।
दुईचार दिनको सँगै वसाइँमा
दिदीले मेरो मन मोडेर छोडिन् । म पनि दिदीभिनाजुसँगै लागेँ काठमाण्डौंतिर । गाडीमा
निन्द्रै लागेन । कताकता सम्झन्छु शहीदको रगतलाई प्राण प्यारो सजीवलाई । जसले देशका
लागि ज्यान दियो । म उसको बाटो हिड्न सकिन । उसको उद्देश्य पूरा गर्नकै लागि मैले घर
छाडेँ त्यो पनि पूरा गर्न सकिन । कायर भएँ । उसको बाटो छाडेर मैले ठूलो भूल गरेँ ।
के म जस्तै सबैजना पलाएन भए यो महान जनयुद्ध सफल होला तर छेउबाट सम्झाउँछ मनले मनलाई । सजीव जस्ता धेरै
मरे । सडे । खाडल भरिए । तर के पाए आखिर आफ्नै
मान्छेको भीड लाग्ने रहेछ जहाँपनि । यसरी मनमा नानाथरिका कुराहरु खेलिरह्यो ।
काठमाण्डौंको पाँच छ महिनाको बसाइ पछि घरेलु
कामदारको लागि भनेर भिषा आयो । थोरै विष्मात् धेरै खुसी र सुनौलो भविष्यको कल्पना गर्दै
लागेँ दुवईतिर । नयाँ ठाउँ नयाँ मान्छे भाषाको समस्या भिन्न धर्म भिन्न रितिरिवाज र
सामाजिक परिवेश समायोजन हुनै गाह्रो । अभागी खप्पर जहाँ गयो उही लाग्छ ठक्कर भने झैँ अरबीको घर बिहानदेखि दश बजेसम्म
काम गर्नु पर्ने त्यही पनि कहिल्यै खुसी हुँदैन थिए । गाली गर्थे । पिट्थे । रुन्थेँ
। आँफै सम्हालिन्थेँ । के गर्नु बस्नै पर्ने बाध्यता थियो । यता आएको ऋणको बोझ घरमा
दुबैतिरका मान्छे आएर खोजने निकाल भनेर धम्क्याउने गर्थे बुबाआमालाई । एकवर्ष त्यही
घरमा बसेर जसो-तसो ऋण चुक्ता गरेँ । यो एकबर्ष दश वर्ष झैँ लाग्यो मलाई
। ती अपराधीहरुले मलाई गर्नु हुने नहुने सबै कुकृत्य गर्थे । दिनभरि कामको चटारो रातभरि
ब्वाँसोहरुको लुछाइ मलाई साह्रै गाह्रो हुन्थ्यो घरको मात्र नभएर पाहुनाहरुको समेत
तृष्णा मेट्नको लागि ।
एकवर्ष पछि त्यो घर छाडेर भाँगे र
कामना दिदीको सम्पर्कमा पुगेँ । ऊ दलाल रहेछ । केटीहरु झिकाएर बिभिन्न प्रभोलन देखाई
वेश्या बनाउनु उसको पेशा रहेछ । मलाई पनि कामना दिदीले फकाउँदै भनिन् मेरैमा बस्नू
पैसा पनि कमाई हुन्छ आफूलाई पनि मजा हुन्छ । पैसा भएपछि सबैजना आफ्ना हुन्छन् पहिला
मलाई सबैजना अवहेलना गर्थे अहिले गाउँघरतिर सबैजनाले मान्छन्
दुईटा छोरा काठमाण्डौंको राम्रो वोर्डिङ्गमा बोडस्र गरिदिएको छु चावेल चोकमा चार तले
घर छ । म उसको कुराले मख्ख परेँ । भूलेँ ती हुने शारीरिक पीडाहरुलाई । पचाउने निधो
गरेँ ती लाजसरम र संकोचहरुलाई ।
शुरुका दिनहरुमा
छ सात जना थाम्न गाह्रो हुन्थ्यो । तर आजभोलि वानी परेर होला दश बाह्र जना आफैँलाई
कम भएजस्तो लाग्छ ।
खै केले हो मलाई शिक्षिका छापामारदेखि
नोकर्नी हुँदै आज यो पूर्ण वेश्या अवस्थामा ल्याईपुर्यायो । पहिले यस्तो काम गर्नु
नरकमा जानु जस्तो लाग्थ्यो । यो पेशा अपनाउनु मर्नु सरहजस्तो लाग्थ्यो तर अहिले यसैलाई
आफ्नो ब्यापार बनाउनु परेको छ । सायद विदेशिने मोहले गर्दा होला । चाडै धनी हुने महत्वकांक्षाले
होला । ग्राहकहरुलाई सन्तुष्टि पार्नलाई अप्राकृतिक आसनहरु गर्नु पर्दा पीडा
र रोषले दिमाग नतात्ने त होइन तर के गर्नु यो पचाउनु हाम्रो बाध्यता नै हो । जहाँ बिभिन्न
बनोट वा आकार प्रकारका परपुरुषहरुसँग सहकार्य गर्नु पर्दछ ।
काम प्यारो हुन्छ कहिले पनि माम प्यारो
हुन्न भन्ने नेपाली उखान
झैं कामना दिदी पनि जसले ग्राहकहरुलाई सन्तुष्टि पारेर धेरै ग्राहकहरुलाई शिथिल पानी-पानी बनाउछन्
उसैलाई प्यारो मान्ने र राम्रो सेवा गरे आफूले टिप्स पनि पाइने हुनाले जस्तोसुकै काम गर्न पनि तयार हुन्छन्
।
अनुराधा एउटी शिलोनी केटी हो । उसको र मेरो
ब्यथा लगभग मिल्दोजुल्दो छ । उसको श्रीमान तमिल लडाकु भएकोले सेनाले घरैबाट थुतेर गोली
हानी हत्या गरेपछि उनी एक छोरा र एक छोरी घरमै छाडेर विदेश पलायन भएको रहेछ । विहानको
समयमा त्यति ग्राहक नआउने हुनाले सँगै कुराकानी गरेर बस्छौ । आ-आफ्नो दुःख र वेदनाहरु
साटासाट गर्छौ । आखिर गृहयुद्ध जहाँको र जसरी भएपनि दुःख र हण्डर गोत्ता खाने महिला
वच्चा र वूढावूढी हुँदारहेछन् । पीडा र दर्द एकै किसिमको हुँदारहेछन् ।
विनु विद्रोहीद्वारा मारिएको एक सेनाको
श्रीमती हो । ऊ घरमा बस्न नसक्ने भएपछि यता आएको हो ऊ भन्छे-अलिकति पैसा कमाएर राजधानीतिरै
बस्छु । छोराछोरीलाई त्यतै पढाउँछु । आफू सानोतिनो ब्यपार गर्नु पर्ला ।
यसरी समय मोह र वाध्यताले मलाई यस्तो
चक्रब्यूँहमा पारेको छ । जहाँ बसेर म जिउँदो मासुको ब्यपार गरिरहेको छु । अब यहाँबाट
कसरी निस्कने हो थाहा छैन । बस् हेलिएको छु साउने भेलमा कसरी पार हुने ठाउँ कहाँ हो
पत्तो छैन ।
-केदार श्रेष्ठ
"गगन"
भीमस्थान-५सिन्धुली
हाल-यू।ए।ई।





.gif)






