फिचर
बन्दिपुरको यात्रा

+ Font Size | - Font Size Bookmark and Share
अस्मिता तिवारी - 2012-02-27 02:01:09

बन्दिपुरको यात्रा
परिक्षा सकिएर बिदा भएकै भोलिपल्ट चितवनबाट सानी माइजुले “बन्दिपुर घुम्न जाने है, मेरो दिदीभिनाजु, सानुबुवा सानुमम्मी र बहिनीपनि आउँदै छे” भनेर बोलाउनु भएपछि म पनि जाने भएँ ।   राजन काफ्ले मामाको गीत, जोक, उपदेशात्मक कुराहरू केही बाँकी रहेन बाटोमा, निकै रमाइलो मान्छे, काठमाडौँदेखि मुग्लिनसम्मको यात्रा निकै रमाइलो भयो । सानी माइजु र दुइभाई मुग्लिनमा आएर मिसिनु भयो । त्यहाँबाट हामी मुग्लीनको पुलकाटेर तनहुँको बाटो आँबुखैरेनी हुँदै डुम्रे पुग्यौँ र खाना खान केही बेर रोकियौं । हाम्रो त्यो दिनको योजना बन्दिपुर जाने थियो, तर बाटोमा कुरा उठ्यो बेसीशहर जाने र आज त्यत्तै बस्ने । बेसीसहरमा त्यहाँको बारे जानकारी दिन राजन मामाले आफ्नो साथीलाई फोन गरी डाक्नु भयो । बेशीसहरकै स्थानिय बासिन्दा, उहाँले नेपालको ७० जिल्लाको सदरमुकाम घुमिसक्नु भएको रहेछ, जहाँ गयो त्यहि भाषाको समेत जानकारी रहेको देख्दा हामी छक्क प¥यौँ । उहाँकै नेतृत्वमा हाम्रो टोलीले २ घण्टाको कच्ची मोटरबाटोको यात्रा ग¥यो, जुन बाटोले मनाङ जिल्लालाई छुने रहेछ । त्यहाँबाट देखिएको मनमोहक हिमालको दृश्यले हामीलाई लोभ्यायो । केहीबेर त्यही हिमाली दृश्य क्यामरामा कैद गर्दै रमायौँ र फर्किएर त्यो दिन बेसीसहरमा बस्यौँ । भोलिपल्ट बिहानै १५ मिनेट जतिको उकालो चढी बौद्ध गुम्बा पुग्यौ । फर्कन लाग्दा हाम्रो यात्राको नेतृत्व गर्नुभएका स्थानिय व्यक्तिले यहाँ आइसकेपछि घले गाउँ पुग्न सके यात्रा अझ रमाइलो हुने बताएपछि त्यतैबाट घले गाउँको यात्रातय गर्यौ ।









घले गाउँको हिउँ

हामी कपास गाउँ हुँदै अचानक घले गाउँ पुगेको हुँदा पञ्चेबाजाले हाम्रो स्वागत त हुन सकेन तर सोच्दै नसोचेको स्वागत ग¥यो हिउँले । घलेगाउँ घुम्न निस्कीएका मात्र के थियौँ, स्थानिय बासिन्दाले ‘हिउँ पर्न थालेछ’ भनेको सुन्दा हामी निकै हर्षित भयौ । गुम्बाको थकाइले लोत परेर घुम्न ननिस्कने भन्दै बस्नु भएकी माइजू हिउँ पर्न थालेको भन्ने खबर सुनेर हौसिनु भयो । कहिल्यै हिउँ परेको देख्न नपाएका हामीले रमाइलो मान्दै पछ्यौरामा हिउँ थाप्न थाल्यौ । अलिकति उकालो चढेर माथिल्लो गाउँ पुग्दा त हामीलाई नै पुर्ने गरी हिउँ पर्न थाल्यो । त्यहिकी एक शिक्षिकासँग कुराकानी गरी हामीले पनि बख्खु ओढ्दै फोटो लिन थाल्यौ. । किताबमा मात्र पढेको हिमालीवासीले ओढ्ने बख्खुको अनुभूति गर्न पाउँदा निकै रमाइलो लाग्यो ।
हामीले यात्रामा हिउँ पर्न सक्ने कल्पनासम्म नगरेकोले मेरो जुत्ता हिउँमा लगाउने जस्तो थिएन । बेसीसहरको गुम्बाबाट बिना योजना घले गाउँ गएका थियौँ, त्यसैले भएका न्यानो कपडाको झोला पनि त्यहि छुटेको थियो ।
खुट्टा यति ठिहिराउन थाल्यो की मलाई अघिको रमाइलो भन्दा पनि जाडोले मुटु काम्न थाल्यो । मलाई चिसो भएको थाहा पाएपछि माइजुले आफ्नो जुत्ता मलाई दिएर मेरो आफूले लगाउनु भयो । करिब २ घण्टा हिउँ खेलेपछि बासस्थानतर्फ फर्कियौँ । हामी बसेको होटलकी आमैले ‘झ्वाईं खुट्टे’, त्यहाँको स्थानीय रक्सी ल्याउनु भयो । । रातको २ बजेसम्म पनि उस्तै हिउँ परिरहेको थियो । सबैजना राती उठेर हिउँको मनमोहक दृश्य हेर्न बाहिर निस्कनु भयो तर म निस्कन सकिन ।
अर्को बिहान माघे सक्रान्तिको दिन परेकोले हामीले तातो चियासँगै उसिनेको अण्डा र तरुल खायौं । त्यहाँ खाएको अण्डा हाम्र यात्राको अर्को रमाइलो पाटो बन्यो । उसिनेको एउटा अण्डाको मूल्य १०० रुपैयाँ !



मेकानिक्स माइजू

स्थानियवासीले बाजागाजाले स्वागत गर्न नपाए पनि बिदाई भने फूलमाला र टिकाले राम्रैसँग गरे । घलेगाउँको संग्राहलयमा गएर घले जातिले प्रयोग गर्ने पुराना सांस्कृतिक सम्पदाको अवलोकन गर्न पायौँ । त्यहाँबाट १ किमीसम्म बाटो हिउँले ढाकेकोले हामी पैदलै हिंड्यौ । गाडी चढेर बेसीसहर तर्फ फकिँदै थियौ, गाडीको तेलको ट्याङकी फुटेर पेट्रोल चुहिन थाल्यो । सानी माइजुले गाडीमुनी सल ओछ्याइ सुतेर चुहिने ट्याङ्की टाल्नुभयो । बेसीसहरमा आएर झोला लिइ डुम्रेबजार हुँदै बन्दिपुर पुगियो । ठेट नेवारी बस्ती भएको बन्दिपुर काठमाडौंको ठमेलभन्दा कम थिएन । विदेशी पर्यटकको पनि निकै चहल पहल थियो त्यहाँ । सफा वातावरण व्यवस्थित घरहरू देखेर हामी अचम्मित प¥यौँ । एक होटलमा झोलाहरू राखि रातको ८ बजेतिर बन्दिपुर बजार घुम्न निस्क्यौँ । ठाउँठाउँमा बालिएका लालटिनको उज्यालोले बजारको सुन्दरता थपेको थियो । खाना खाने क्रममा पनि हामीले बन्दिपुरमा कतै सुन्तला नदेख्दा ‘घर त बन्दिपुर, सुन्तला टिपेर खाउँला भन्ने सुर’ भन्दै गीत गाएको सुनेर होटलको साहुनीले हाम्रो अगाडि एक नाङ्लो सुन्तला ल्याएर राखिदिइन । साना भए पनि निकै मिठा थिए, बन्दिपुरे सुन्तला । भोलीपल्ट बिहानै डाँडामा रहेको मन्दिर दर्शन गरी होटलमा खाना खाइ झोला बोकी फर्कने तयारी ग¥यौँ । हामी डुम्रेबजार, आँबु खैरेनी हुँदै मुग्लिनको पुल छेउमा रहेको मस्र्याङ्दी जलविद्युत आयोजनामा मामाको आफन्त कर्मचारीको सहयोगमा भित्रसम्म गएर अवलोकन गर्न पायौँ । ३ वटा टर्वाइन मध्ये २ वटा सुचारु थिए भने एउटा पुरै बन्द थियो । ती दुइवटा पनि फोहर जमेकोले सफा गर्नु पर्ने जानकारी उहाँले दिनुभयो । त्यहि टर्वाइन सफा गर्नुपर्ने भएकोले केही दिनको लागि लोडसेडिङ्ग बढेको अनुभूति काठमाडौं पुगेको २–४ दिनमै गर्नैप¥यो । जलविद्युत अवलोकनपछि मुग्लीनबाट म र माइजु चितवन मामाघरतर्फ लाग्यौँ भने अरु काठमाडौँ तर्फ फर्कनु भयो ।
(ऐक्यबद्दता मासिकको फागुन अंकमा पनि पढ्न सक्नुहुन्छ)

Comments - Post Now
"Nepal sachai ma euta prakirtik sampada le varipurna muluk ho. Nepal tourism Year 2011 biti sake pani Nepal ma tourism lai promote garna kam lagne kura lekheki chhan lekhika le. lekh sahrai ramro lagyo. -From Russia "
bharat nepali -2012-02-28 04:57:15
सम्बन्धित
अन्य
Thursday, 23rd May 2013
विदेशमा नेपाली गतिविधि
विजय थापा, अमेरिका । (एन डब्लु जी एन )विश्व संजाल नेपाली महिला ,संघको तत्वधानमा यहि अक्टोबर ७ तारिख वाशिंगटन डिसी स्थित अमेरिकन विश्व बिद्यालयमा तेश्रो सम्मेलन भब्यताका साथ सम्पन्न भएको छ । मेलबर्न अस्ट्रेलिया। बिदेशमा रहेर पनि नेपाली भाषा, संस्कृतिलाई जोगाइ राख्ने अभिप्रायले प्रत्येक महिनाको पहिलो आइतबार साहित्यिक कार्यक्रम नियमित रुपमा गर्दै उत्तम अधिकारी। बडा दशै २०६९ को आगमन संगै मानिसहरूको चहल पहलले यतिबेला नेपाली बजार रंगिएको छ र नेपाल् भरी बिभिन्न मनोरन्जनात्मक कार्यक्रमहरू धमाधम आयोजना भई रहेका छन् । शर्मिला उप्रेती, अमेरिका । अमेरिकामा रहेका विशेषतःतराईबासी नेपालीहरुको संस्था एसोसिएसन अफ नेपाली तराईएन ईन अमेरिका (ANTA) ले आफ्नो दोश्रो महाधिबेशन अमेरिकाको राजधानी बासिंङटन डिसीमा सम्पन्न गरेको छ । ५१ औ रास्ट्रको यात्राको क्रममा साइकल सहित सम्पूर्ण सामाग्री चोरी भएर केहि समय यात्रामा बिलम्ब भए पनि सौरब दाहालले जर्मनीको म्युनिख बाट पुनः साइकल यात्रा सुरुवात गर्दै अस्ट्रिया तर्फ लागेका छन् । तेजबहादुर नेपाली । नेपाल पत्रकार महासंघ यूरोप शाखाको आयोजनामा नेकपा-माओवादीका उपाध्यक्ष सि.पि. गजुरेलको उपस्थितिमा “नेपालको राजनैतिक स्थितिमा ने.क.पा-माओवादीको आगामी कार्यदिशा र भूमिका” नामक एक अन्तरक्रिया तथा पत्रकार सम्मेलन आज एन्र्टोवपेन शहरमा सम्पन्न गरेको छ । उमाकान्त पाण्डे गाउले । संयुत्त अरब एमिरेट्स यूएईको दुबइमा सामुहिक दसैं तिहार कार्यक्रम गरिने भएको छ ।
थप समाचारहरु More News
साहित्य
जे मैले देखें - प्रेम प्रसाद गैरे
जे मैले देखें अनुभूत गरें, पस्कँदै छु सचित्र | कोहि हुने खानें , कोहि हुदा खाने संसारै बिचित्र ||
Silence-y - Asmita Tiwari
देशको लागि सोचौँ - माया घले मगर,इजरायल
गजल -बसन्तमोहन अधिकारी, चितवन - बसन्तमोहन अधिकारी, चितवन
पुस्तक परिचय
Home | About Us | News | Articles | Interviews | Photo Gallery | Videos | Audio | Literature | Contact
All Rights Reserved © Solidarity Publications Pvt. Ltd.
Powered by: