साहित्य
कविता, मेरी श्रीमती

आज पनि उस्तै रौनक जस्तो हिजो अस्ति
मेरी श्रीमती मेरो दिलमा गुलाफ फुले जस्ति
लोलाएको सन्ध्यामा संगै सुस्ताउँछिन्
हरेक बिहानी मेरो सामु मीठो मुस्काउँछिन्
(२)
भगुवान तिम्रो बरदान श्रीमतीको माया
जस्तो चर्को घाममा पनि मलाई उन्को छायाँ
हौसलाकी खानी बन्छिन् प्रत्येक बिचलनमा
वेशर्त आँट र विश्वास बोकी मनमा
(३)
उज्यालो बटुलेर सधैँ साथ सजाउँछिन्
मादक हेराइले उभाइ खुशी छल्काउँछिन्
चोखो उनको हृदयमा म धड्किन्छु
नि:स्वार्थ उनको साथ बोकी माथी उक्सिन्छु
(४)
गर्वले हरदम मेरै छेउमा उभिन्छन्
सौन्दर्यको चारैतिर किरण फिजाउँछिन्
मुटुमा मुटु जोडीरहने मेरी श्रीमती
धन्य भएँ म, मलाई सुख कति कति
Comments - Post Now
* Comments not approved for this content yet





.gif)






