साहित्य
मेरै सुन्दर यो धर्ती

+ Font Size | - Font Size Bookmark and Share
शिव अधिकारी - 2012-01-25 05:15:27








मेरै सुन्दर यो धर्ती मेरै सितल चाँदनी

मेरै छन् मनका हार हिमशैलहरु पनि

आखिर धर्ती चम्कन्छ मेरै पौरखमा अव

आफ्नै जाँगर रोपेर रमाउन् दुनियाँ सव

 

पर्खिन्न युगले तिम्रो लागी मात्र भनि भनि

समय भन्छ रोकिन्न तिम्रो ढिलाईमा पनि

केही सोच भए रोप आजै धर्ती सजाउन

श्रमको फल खाएर मान्छे लागुन् रमाउन

 

गर्न बाँकी प्रसस्तैछ धेरै छन् श्रोत साधन

किन हो अल्छि भै बस्नु बैरीलाई हँसाउन

खोश्र यो धर्ती बाँझै छ विरुवा रोप्न पर्दछ

संजिवनी मिसाएर मेघले पानी छर्दछ

 

माछा छन् पोखरी भित्र पौडिमा खेल खुल्दछ

प्वाँखमा फट्फटी मात्रै कुखुरा उड्न खोज्दछ

बत्तिले कहिले देख्ला अन्धकार भएपनि

सम्पन्न धर्ति सुम्पन्छु कोसेली लिनुहोस् भनि 

 

 

पंधेरीमा भरि गाग्रो पोल्टामा रुपयाँ पनि

घाँसीको साथमा हुन्छु आउनु पाहुना वनि

चियाको बोटमा हात डोकोमा पोखिने मुना

मैले भेट्न सकेकै छु देशका यी कुना कुना

 

रङ्गिन्छ  घर्ती यो सारा सिर्जना लहराउदा

बस्ती रम्झम होला यो मान्छेले सुख पाउँदा

इख पिउन सक्दिन बीष हुन्छ बरु मिठो

खाएर बाच्नु हो बेस आफ्नै पौरखको पिठो 

 

ब्यूँझिएँ मेचीमा फेरी काली पुग्छु निदाउन

कालिमा ब्यूँझदा लाग्छु लेक बेसी जगाउन

फाँटमा लुट्पुटी खेल्छु उन्दै माला हिमालको

सवैको  बन्छ यो देश गाँस बास कपासको  

 

पैरी यान्त्रिक श्रृंगार झर्दैछु गाउँमा अव

सवैले सहजै पाउन् मेरै सेवाहरु सव

बर्ष बर्ष गरि आज चवालिस पुगि सक्यो

फलफूल भरि सारा धर्ती यो रंङ्गिई सक्यो

 

ब्यूँझिएँ कालीमा फेरी मेची पुग्छु निदाउन

मेचिमा ब्यूँझदा लाग्छु लेक बेसी जगाउन

चवालिस त के हो र युगौँ बाच्नु छ धर्तीमा

खोलाको पानी फर्काई सिञ्चनु पर्छ र्तिमा

 

दुधको पोखरी वन्छ पूर्ण अमृत सागर

पैतालिस म लाग्दैछु सवैले संझना गर

 

मितिः २७ पौष २०६८

Comments - Post Now
"respected शिव अधिकारी your poem really touched our heart and we can learning more value of our nation .really a lots of resources are here in our country but here is no provision to productivity .every one talking about somebody and for something but nobody using their time to correct way to produce thing for country and their community . Really we are wast our time into wast thing but we should use right way to the nation.Congratulation shiva Adhikari jiu for the best poem and we hope a head for more poem to the country and our community .Thanks again for the sweet and heart poem . "
Megharaj Subedi -2012-02-21 03:35:03
सम्बन्धित
अन्य
Saturday, 25th May 2013
विदेशमा नेपाली गतिविधि
विजय थापा, अमेरिका । (एन डब्लु जी एन )विश्व संजाल नेपाली महिला ,संघको तत्वधानमा यहि अक्टोबर ७ तारिख वाशिंगटन डिसी स्थित अमेरिकन विश्व बिद्यालयमा तेश्रो सम्मेलन भब्यताका साथ सम्पन्न भएको छ । मेलबर्न अस्ट्रेलिया। बिदेशमा रहेर पनि नेपाली भाषा, संस्कृतिलाई जोगाइ राख्ने अभिप्रायले प्रत्येक महिनाको पहिलो आइतबार साहित्यिक कार्यक्रम नियमित रुपमा गर्दै उत्तम अधिकारी। बडा दशै २०६९ को आगमन संगै मानिसहरूको चहल पहलले यतिबेला नेपाली बजार रंगिएको छ र नेपाल् भरी बिभिन्न मनोरन्जनात्मक कार्यक्रमहरू धमाधम आयोजना भई रहेका छन् । शर्मिला उप्रेती, अमेरिका । अमेरिकामा रहेका विशेषतःतराईबासी नेपालीहरुको संस्था एसोसिएसन अफ नेपाली तराईएन ईन अमेरिका (ANTA) ले आफ्नो दोश्रो महाधिबेशन अमेरिकाको राजधानी बासिंङटन डिसीमा सम्पन्न गरेको छ । ५१ औ रास्ट्रको यात्राको क्रममा साइकल सहित सम्पूर्ण सामाग्री चोरी भएर केहि समय यात्रामा बिलम्ब भए पनि सौरब दाहालले जर्मनीको म्युनिख बाट पुनः साइकल यात्रा सुरुवात गर्दै अस्ट्रिया तर्फ लागेका छन् । तेजबहादुर नेपाली । नेपाल पत्रकार महासंघ यूरोप शाखाको आयोजनामा नेकपा-माओवादीका उपाध्यक्ष सि.पि. गजुरेलको उपस्थितिमा “नेपालको राजनैतिक स्थितिमा ने.क.पा-माओवादीको आगामी कार्यदिशा र भूमिका” नामक एक अन्तरक्रिया तथा पत्रकार सम्मेलन आज एन्र्टोवपेन शहरमा सम्पन्न गरेको छ । उमाकान्त पाण्डे गाउले । संयुत्त अरब एमिरेट्स यूएईको दुबइमा सामुहिक दसैं तिहार कार्यक्रम गरिने भएको छ ।
थप समाचारहरु More News
साहित्य
जे मैले देखें - प्रेम प्रसाद गैरे
जे मैले देखें अनुभूत गरें, पस्कँदै छु सचित्र | कोहि हुने खानें , कोहि हुदा खाने संसारै बिचित्र ||
Silence-y - Asmita Tiwari
देशको लागि सोचौँ - माया घले मगर,इजरायल
गजल -बसन्तमोहन अधिकारी, चितवन - बसन्तमोहन अधिकारी, चितवन
पुस्तक परिचय
Home | About Us | News | Articles | Interviews | Photo Gallery | Videos | Audio | Literature | Contact
All Rights Reserved © Solidarity Publications Pvt. Ltd.
Powered by: