फिचर
सम्झना माघे सक्रान्तिको

+ Font Size | - Font Size Bookmark and Share
- योगेन्द्रमिलन छन्त्याल,बाग्लुङ हाल पोर्चुगल - 2012-01-12 21:05:18

सेन्नामा धुरीमा सूर्य उडाउँन के शुरु हुन्थ्यो, आमाले झोलीबाट सिक्का पैसा निकाल्नु हुन्थ्यो । तरुल, अक्षता, तील र पैसा एउटा दुनामा राखि दिनु हुन्थ्यो । मेरो बुवाले कमाण्ड गर्नु हुन्थ्यो 'जाम ए छोरोहरु हो मङ्र (मकर) नुहाउन ।'

 

जाडो ऋतुले बिदा लिइसकेको हुँदैनथ्यो । अल्छी लाग्दालाग्दै 'छुट दिनुभए पनि हुन्थ्यो बुवाले' भन्ने सोच्दै नुहाउन हिडिन्थ्यो, किनकि त्यो दिन - माघे संक्रान्ति । दुनाले हाम्रो शिरमाथि मन्छाउदै (घुमाउदै) ग्रह गति मुक्त गराइ दिन भगवानसँग बिन्ति गर्नु हुन्थ्यो बुवाले । दुना खोलामा बगाएपछि नुहाउन शुरु गर्थ्यौ ।

 

जाडोले कुरकुर कामिन्थ्यो नुहाएर घर फर्कदा । आमाले तोरीको तेल तताएर राखि दिनु हुन्थ्यो । बुवा, माहिला र मैले हल्का हल्का लाउथ्यौ तेल । कान्छा भाइ अलिक सानै थिए, हँसाउने खालका पनि । अञ्जुलीभरि हाल्दा रैछन् तेल अनि भूइँमा चुहाउदै कपालबाट तर्कला जस्तो हुने गरी लाउँथे । तेलले थोरै जाडो भगाइसकेको हुन्थ्यो । बाँझ र खर्सुङका दाउराको राँपिलो आगो ताप्न दिनु हुन्थ्यो एकछिन ।

 

 

 

छोरोहरुको सबै कुरा राम्ररी बुझ्नु हुन्थ्यो हाम्रा बुवा आमा । अब धेरै जाडो महशुश हुन छोड्दै गरेको बेला तीला बनाउन भन्नु हुन्थ्यो । मैले गिन्ती गर्थे : दिदी १, बहिनी २, चिजा भतिजी ३, चिजाका ३ वटी बहिनीहरु ६, माहिली फुपु ७, बिनोदको बज्यै फुपु ८, कालुको बज्यै फुपु ९, बालकुमारको आमा दिदी १०, जोखे सालाको आमा फुपु ११ - - - - - यसरी ४५ - ५० वटा तीला तयार गर्थे ।

 

विद्यार्थी जीवन, आमाले दिनुभएको पैसा जोगाएर राखेकोबाहेक आम्दानीको श्रोत नै हुँदैनथ्यो । तीलामा राख्न कहाँको पैसा हुनु ? फेरि आमालाई माग्नुपर्ने । आमाले हाम्रो मर्म कत्ति मज्जाले बुझ्नु हुन्थ्यो : माघे संक्रान्तिमा खुद्रा पैसा माग्छ भनेर पहिल्यै जोहो गरेर झोलीमा जगेडा राख्नु हुन्थ्यो ।

 

सबै तीलामा ५/५ रुपैयाँ राखौ भने २५० को हाराहारीमा खर्च हुने ! २/२ रुपैयाँ राखौ भने कहीकतै जिस्काउनेहरुले लज्जित बनाउँथे । त्यसैले एउटा उपाय थियो त्यत्तिबेला करिब आमाको ८० रुपैयाँमा माघे संक्रान्तिको तीला साट्नलाई । हो, जसले चुरोट खानु हुन्छ उहाँहरुलाई चुरोट र चुरोट नपिउनेलाई पैसा नै दिने हो भने खर्च कम हुन्थ्यो ।

 

 

झण्ड सस्तो देउराली चुरोटका ४/४ वटा कोसा राख्ने हो भने ६ प्याकेट भए ३० जना फुपुहरुलाई पुग्ने बाँकी १५/२० जनामध्ये १२/१५ जना सानी सानी बहिनी भतिजीलाई २/२ र बाँकी ५/७ दिदीबहिनीलाई ५/५ को नोटसहितको तीला दियो भने सकिन्थ्यो माघेको कर्म ।

 

चेलिबेटीहरुको घर-घरमा पुगेर तीला दिदै ढोग वा नमस्ते गरी घर नफर्कुन्जेल केही खाँदैनथ्यौ । तरुल, सख्खरखण्ड, गिठा, फलफुल, सेलरोटी, दुध राखेको चिया, रक्सी आदि परिकारहरु रोजी रोजी खाएपछि पाकेको सानो भात र मासु तरकारी पनि बाँकी रहन्थे । गाउँमा तारो, पासा, रमी, म्यारिज जम्थे । किशोरीहरु मामाजुरे खेल्थे तर थुप्रै वर्ष भएको थियो नेपालमै छँदा पनि मामाजुरे खेलेको देख्न नपाएको ।

 

मेरो गाविसमा माघे संक्रान्ति मेला लाग्थ्यो र लाग्दैछ । त्यहाँ भलिवल, फुटबल, दोहोरीगित, लोकगित, साँस्कृतिक प्रस्तुति, छेलो, घैटो फोड आदि विविध प्रतियोगिता र खोरखोरे, रिंग, चिट्ठा खेल्न पाइन्थ्यो  । विदेशिएको ३ वर्ष भैसकेछ । बुवा बित्नुभएको ४ वर्ष पुग्ने थालेछ । हामी तीनै भाइ देशमा छैनौ । आमा केटाकेटीसंग गाउँमै हुनु हुन्छ । उहाँले नै धान्नु भएको छ - माघेसंक्रान्ति, साउने संक्रान्ति, दशैतिहार र हाम्रा सबै चालचलन । म जस्ता हजारौ छन्त्याल युवाहरु वाध्यता र विवशताका कारण विदेशी भूमिहरुमा संघर्ष गर्दैछन् ।

 

मलाई लाग्छ, सबै परदेशीको सम्झना व्युँझाइदिन्छ माघे संक्रान्तिले । छार-म्हेङदेखि दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । यसलाई सूर्य दक्षिणायणबाट उत्तरायण हुने दिन मानिन्छ । यस दिनदेखि जाडो हट्दै जाने वा घमाउदै जाने विश्वास गरिन्छ ।

 

सरकारले २०६५ सालमा आधिकारिकरुपमा माघे संक्रान्तिलाई सम्पूर्ण नेपालीको राष्ट्रिय पर्वको रुपमा घोषणा गरेपछि विगतदेखि यो पर्व मनाउदै आएका जनजातिहरु खुशी हुनु स्वभाविक हो । हाम्रा अग्रजहरु हाम्रो नयाँ वर्ष माघे संक्रान्तिबाटै शुरु हुने बताउनु हुन्छ । यो भनाइ सही हो भने कम्तिमा हाम्रो संघले प्रकाशन गर्ने भित्तेपात्रो माघ महिनाभन्दा पहिले निकालिए विश्वासिलो मान्यता स्थापना हुने थियो न कि बैशाखमा ।

 

थुप्रै युवाहरुले आफ्ना बालबच्चा पोखरा, काठमाडौँ र विदेशमा पुर्‍याएका छन् । उनीहरुले डिस्को, र्‍याप र पप मात्र मन पराउँछन् । हाम्रा गाउँका लालै, सोरठी, मारुनी र यानीमायाहरुको शीला खोज्दा पनि भेट्न गाह्रो भैसकेको छ । छार म्हेङ होइन मलाई पनि माघे संक्रान्तिको थाहा छ । मेरो आमालाई फोनमा 'छार म्हेङ कसरी मनाउँदै हुनु हुन्छ' भनेर सोध्दा 'के हो र छार म्हेङ भनेको जेथा' भनेर उल्टै प्रतिप्रश्न गर्नुभयो । मैले अचेल बुझेको कुरा भने । आमाले 'ए त्यसो पो' भन्नुभयो । 

 

चिन्ताको विषय झन्डै नामोनिशान मेटिएको छन्त्यालका जातिय पहिचान, भेषभूषा, भाषा संस्कृति, रीतिरिवाज र उत्पत्ति विकासबारे अध्ययन अनुसन्धानसहित साझा धारणाको विकास गराउन ढिला भैसकेको छ । हाम्रा अवशेषका रुपमा रहेका चालचलनमा वाह्य प्रभाव परिरहेका छन् । पछिल्ला पुस्ताले वास्ता राख्न छोडेका छन् सामाजिक र जातिय कुराहरुमा । संघ, अगुवाहरुले हाम्रा पहिचानलाई जीवन्त राख्दै जातिय उत्थानका लागि तत्काल कसाकसीका अभियानहरु थाल्नुपर्छ ।

 

हामी सबैले अहिल्यै हातमा हात, काँधमा काँध र साथमा साथ मिलाउन जरुरी छ । बेलैमा संरक्षण नभएका चाडवाड, पर्व र खुशियाली मनाउने दिवसहरुमा अरुका स्वाद मिसिएर खिचडी बन्यो भने विशेष मज्जा हराउदछन् । त्यत्तिबेला इतिहासमा बिलय भएका संस्कृतिको सम्झना कसैले गर्दैनन् बरु जे भेटिन्छ त्यसैमा रमाउछन् । यही महत्वलाई बुझेजस्तो छ छन्त्यालहरु : छन्त्याल संघले माघे संक्रान्तिलाई सबैभन्दा ठूलो चाड मानेर हरेक वर्ष विविध कार्यक्रम गरेर छार म्हेङ मनाएको थाहा पाएको छु । यो वर्ष पोखरा, बुटवल, युके र अष्ट्रेलियामा रहेका छन्त्यालहरुले पनि छार म्हेङ मनाएका छन् ।

 

देशका २९ जिल्ला र विदेशी भूमिमा रहेका पन्ध्रौ हजार छन्त्यालहरुले हाम्रो यो मुख्य चाडका बेला जातिका लागि जहाँ, जहिले, जत्ति, जसरी, जे गर्न सक्छौ प्रण गर्नुपर्छ र काम गर्न शुरु गर्न सक्नु पर्छ । छारम्हेङको अवसरमा यही शुभकामना ! 

 

 

 

Comments - Post Now
* Comments not approved for this content yet
सम्बन्धित
अन्य
Saturday, 18th May 2013
विदेशमा नेपाली गतिविधि
विजय थापा, अमेरिका । (एन डब्लु जी एन )विश्व संजाल नेपाली महिला ,संघको तत्वधानमा यहि अक्टोबर ७ तारिख वाशिंगटन डिसी स्थित अमेरिकन विश्व बिद्यालयमा तेश्रो सम्मेलन भब्यताका साथ सम्पन्न भएको छ । मेलबर्न अस्ट्रेलिया। बिदेशमा रहेर पनि नेपाली भाषा, संस्कृतिलाई जोगाइ राख्ने अभिप्रायले प्रत्येक महिनाको पहिलो आइतबार साहित्यिक कार्यक्रम नियमित रुपमा गर्दै उत्तम अधिकारी। बडा दशै २०६९ को आगमन संगै मानिसहरूको चहल पहलले यतिबेला नेपाली बजार रंगिएको छ र नेपाल् भरी बिभिन्न मनोरन्जनात्मक कार्यक्रमहरू धमाधम आयोजना भई रहेका छन् । शर्मिला उप्रेती, अमेरिका । अमेरिकामा रहेका विशेषतःतराईबासी नेपालीहरुको संस्था एसोसिएसन अफ नेपाली तराईएन ईन अमेरिका (ANTA) ले आफ्नो दोश्रो महाधिबेशन अमेरिकाको राजधानी बासिंङटन डिसीमा सम्पन्न गरेको छ । ५१ औ रास्ट्रको यात्राको क्रममा साइकल सहित सम्पूर्ण सामाग्री चोरी भएर केहि समय यात्रामा बिलम्ब भए पनि सौरब दाहालले जर्मनीको म्युनिख बाट पुनः साइकल यात्रा सुरुवात गर्दै अस्ट्रिया तर्फ लागेका छन् । तेजबहादुर नेपाली । नेपाल पत्रकार महासंघ यूरोप शाखाको आयोजनामा नेकपा-माओवादीका उपाध्यक्ष सि.पि. गजुरेलको उपस्थितिमा “नेपालको राजनैतिक स्थितिमा ने.क.पा-माओवादीको आगामी कार्यदिशा र भूमिका” नामक एक अन्तरक्रिया तथा पत्रकार सम्मेलन आज एन्र्टोवपेन शहरमा सम्पन्न गरेको छ । उमाकान्त पाण्डे गाउले । संयुत्त अरब एमिरेट्स यूएईको दुबइमा सामुहिक दसैं तिहार कार्यक्रम गरिने भएको छ ।
थप समाचारहरु More News
साहित्य
जे मैले देखें - प्रेम प्रसाद गैरे
जे मैले देखें अनुभूत गरें, पस्कँदै छु सचित्र | कोहि हुने खानें , कोहि हुदा खाने संसारै बिचित्र ||
Silence-y - Asmita Tiwari
देशको लागि सोचौँ - माया घले मगर,इजरायल
गजल -बसन्तमोहन अधिकारी, चितवन - बसन्तमोहन अधिकारी, चितवन
पुस्तक परिचय
Home | About Us | News | Articles | Interviews | Photo Gallery | Videos | Audio | Literature | Contact
All Rights Reserved © Solidarity Publications Pvt. Ltd.
Powered by: