
खंड-विखंड को नाटक
गरुन जे गर्नु छ गरुन
घमंडी हरुको घमसान न हो
ङ्सिसिनु परयो किन
चंडाल हरु
छत्र छायाँमा बसेर
जिन्सिको खेती बडाउदै छन
झसकिनछू, झट-पट भन्नु मन लाग्छ
‘ञ’ बाट सवदै पाउदिन, बोल्नु खोजेर के गर्नु !
टाल टुल पार्दैछन भाई मारा दलाल हरु
ठगनु ठगे, ठग्दै छन
डुक्रिदै छन, डकार्दै छन् महल र कोठी हरुमा
ढाटनु ढाटे, अझै ढाटदै छन
‘ण’ विचरा अल्पमतमा परेको छ
तौलियेका छन, औलियेका छन तोप-तिग्रेहरूले
थरकाईंन्छ, थुम थुमाईंन्छ
दर-दाम को कुरै नगरौ I
धुपौरे हरुको ताछाड माछाड चलेको छ
नंग-छुरी खेल फसटाएको छ
प्रतिहिंसाको खेती बढाइन्दै छ, पगरी गुथ्दै छन
फस्यांग फुसुंग पारदैछन
विडंबना,
भुत भुताउनु सिवाय कै छैन
मेरो चिंताले यातना दिई रहेकोछ I
यस्पाली पनि उसै गयो
राप र ताप लिदा लिदै
लावारिसे हरुको लपर्वाहिमा
वाक्क लागी सक्यो
शांति कहिले आउछ ?
षडयंत्रकारी हरु फसटाऊदैछ अरे
संकट बढ्दैछ अरे
हँ ! हाम्रो हक़-अधिकार ?
छ्मता बहिरा जादैछ भन्छन
त्रास र भएको खेती अझै बढ्दैछ भन्छन
ज्ञानी बनिदेउ नेपाल आमाकी सपुतहरु
ज्ञानी बनिदेउ /
निकोसिया, साईंप्रस
Durja Man Tamang -2011-11-18 14:22:47
krish -2011-11-18 00:18:22
Anjani Joshi -2011-11-17 07:21:28
jag Budhamagar -2011-11-17 06:55:19
durgaman tamang -2011-11-16 01:04:59
kabindra shsakya -2011-11-15 12:36:01
moss gery -2011-11-15 08:05:26
chhabi -2011-11-15 04:06:08
Padam S Tandan Nicosia Cyprus -2011-11-14 15:09:13
B B Lama Tamang -2011-11-14 14:28:08




.gif)







